राष्ट्रपति पत्नी नारायणहिटीमा



काठमाडौं, (नेस)।

नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदकी धर्मपत्नी रशिदा हमिदले नारायणहिटी दरबार संग्रहालय अवलोकन गर्नुहुने भएको छ।
उहाँले आज बुधबार बिहान ११ देखि १ बजेसम्म दुई घण्टा संग्रहालय अवलोकन गर्नुहुने बताइएको छ।

राष्ट्रपति अब्दुलको कार्यव्यस्तताका कारण राष्ट्रपतिकी पत्नी हमिद र केही विशिष्ट पाहुनाले मात्रै संग्रहालय अवलोकन गर्न लाग्नुभएको हो। बुधबार नारायणहिटी संग्रहालय सर्वसाधारणका लागि खुला नरहने भए पनि उहाँका लागि खुला गरिएको संग्रहालय प्रमुख अद्वैत प्रकाश श्रेष्ठले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्