एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’



न्युज अफ नेपाल, काठमाडाैँ ।

एनसेलका प्रिपेड ग्राहकले अब देशभित्र अन्य नेटवर्कमा रहेकासँग सुलभ दरमा कुरा गर्न सक्नेभएका छन् ।

एनसेल प्राईभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’अफर संचालनमा ल्याएको हो । अब ग्राहकले कर बाहेक प्रतिमिनेट रु. १ को दरमा देश भित्रको सम्पुर्ण नेटवर्कमा कल गर्न सक्ने भएका हुन् ।

यो अफर बाहेक विद्यमानश’ल्कअन’सार एनसेलकाग्राहकले अन्य सेवाप्रदायकको नेटवर्कमा कल गर्दा कर बाहेक प्रतिमिनेट  रु १.९९ लाग्दछ ।

यो अल नेट भ्वाइस प्याक मंगलबार (कार्तिक २६) देखि संचालनमा आएको छ । यस प्याकअन्तर्गत ग्राकहले २० मिनेटको अल नेटवर्क टक टाइम (देशका अन्यकुनै पनि टेलिकम सेवाप्रदायकको नेटवर्कमाकलगर्न मिल्ने) कर बाहेक रु २0 (कर सहित रु. २५.५४) मालिन सक्छन् । यसरी देश भित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याईएको यो पहिलो पटक हो ।

यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले *१७११८*७# डायल गर्नुपर्ने हुन्छ । प्याक २४ घण्टाका लागि मान्य हुनेछ ।

यो प्याकले ग्राकहलाई थप मुल्य प्रदान गर्ने र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा सम्पर्कमा रहन मद्दत गर्ने विश्वास लिइएको छ । यो अफर माघ २६ गते सम्म संचालनमा रहने एनसेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्