विदेशबाट सुन र चाँदी आयात गर्दा लाग्ने भन्सार महसुल बढ्यो



न्युज अफ नेपाल, काठमाडौं ।

विदेशबाट सुन र चाँदी आयात गर्दा लाग्ने भन्सार महसुल बढेको छ । चालु आर्थिक वर्षमै दोस्रोपटक भन्सार बढाइएको हो ।

बैंकहरुले आयात गर्दा मात्र नभई, विदेशबाट फर्केका यात्रुले ल्याउने सुनचाँदी र गहनामा पनि अब बढेको महसुल तिर्नुपर्ने छ । पछिल्लो समय सुन नेपालबाट अवैधरुपमा भारतर्फ जान थालेपछि भन्सार महसुल बढाउनु परेको अर्थ मन्त्रालयले जनाएको छ ।

विदेशबाट नेपाल फर्कने नेपालीले ५० ग्रामसम्म सुनका गहनामा महसुल तिर्न पर्दैन । त्यसभन्दा माथिको गहनामा महसुल तिर्नुपर्छ ।

सुन नै बोकेर आउनेहरुले भने कुनै पनि परिमाणमा भन्सार तिरेर मात्र ल्याउन सकिने प्रावधान आर्थिक ऐन, २०७६ ले गरेको छ । सरकारले यो ऐनलाई संशोधन गर्दै सुनको महसुल बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्