जम्मुकाश्मिरमा दुर्घटना हुँदा त्यसमा सवार १६ को मृत्यु



जम्मु ।

जम्मुकाश्मिरको डोडा जिल्लास्थित बाटोटे–किस्टवाड राष्ट्रिय राजमार्गमा मङ्गलबार एउटा निजी सवारी साधन दुर्घटना हुँदा त्यसमा सवार १६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त घटनामा तीन जना बालबालिका समेत मारिएका छन् ।

डोडाका एक जना वरिष्ट प्रहरी अधिकृतले मङ्गलबार अपराह्न भएको यस दुर्घटनामा १६ जनाको ज्यान गएको र त्यसमध्ये चार जना महिला र तीन जना बालबालिका रहेको जानकारी दिनुभयो ।

दुर्घटनाग्रस्त सवारी साधन राजमार्गबाट खोँचमा झरेको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्