मंगलबार पनि आलमको थुनछेक बहस टुंगिएन



न्युज अफ नेपाल, काटमाडौँ ।

पूर्व मन्त्री एवं सांसद मोहमद आफताव आलमविरुद्व दायर भएको कर्तव्य ज्यानसहितको मुद्दामा जारी थुनछेक बहस लम्बिएको छ । मंगलबार छैटौं दिन पनि प्रतिवादीतर्फका कानुन व्यावसायीको बहस नटुंगिएपछि बहस लम्बिएको हो ।

छैटौं दिन मंगलबार आलमको तर्फबाट वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, यदुनाथ खनाल र अधिवक्ता सतिश झाले बहस गरेका थिए ।

बिहीबारदेखि आलमको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । सरकार र जाहेरवालातर्फका कानुन व्यावसायीको बहस सकिए पनि प्रतिवादीका कानुन व्यवसायीको बहस जारी रहेको हो ।

थुनछेक बहस टुंगिएपछि अदालतले आलमविरुद्ध परेको मुद्दामा थुनामा राखी पूर्पक्ष गर्ने, धरौटीमा छाड्ने वा साधारण तारिखमा छाड्ने भन्ने आदेश दिनेछ ।

प्रतिक्रिया दिनुहोस्