बंगलादेशमा भएको रेल दुर्घटनामा परी १६ को मृत्यु, ४० घाइते



ढाका । बंगलादेशमा दुई वटा रेल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने ४० जना घाइते छन् । मंगलबार बिहान ३ बजे दक्षिणी बन्दरगाह चितागंग जाँदै गरेको रेल ब्रह्मनबारियास्थित अर्को रेलसँग ठोक्किएको थियो । घटनास्थल राजधानी ढाकाबाट १ सय किलोमिटरको दुरीमा छ ।

मृतकको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको स्रोतले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । प्रधानमन्त्री शेख हसिनाले घटनाप्रति दुख व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्