२० वर्षीय किशोरी झुण्डिएको अवस्थामा मृत फेला



किरन धामी, दार्चुला ।

दार्चुलाको नौगाड गाउँपालिकामा २० वर्षीय किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । गाउँपालिका वडा नम्बर २ चौरीका विशन रावलकी छोरी गोमती रावल झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

सोमबार खाना खाएर सुतेकी गोमती आफ्नै घरको माथिल्लो तलामा दोपट्टामा झुण्डिएको अवस्थामा मृत फेला परेको उहाले बताउनुभयो । गोमतीले प्रयोग गरेको मोेबाइल गित बजीरहेको अवस्थामा फेला परेको समेत उहाले जानकारी दिनुभयो ।

गोमती सुतेको कोठा भित्रबाट लक गरेको अवस्थामा रहेको उहाले बताउनुभयो । मृतक गोमतीको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल दार्चुला ल्याएको तथा पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको निमित्त प्रहरी प्रमुख जोशीले जानकारी दिनुभयो । घट्नाको प्रकृति हेर्दा शंकास्पद नदेखिएको तथा अनुसन्धान भने जारी रहेको उहाको भनाई छ ।

यसैबिच सोमबार राती मालिकार्जुन मन्दिरमा लागेको जात्राबाट फर्कने क्रममा भिरबाट लडेर शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का ४५ वर्षिय लोकमणी डागा गम्भिर घाइते भएका छन् । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ चौतलीचौर भन्ने स्थानमा लडेर गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते डागाको टाउकोमा चोट लागेको तथा गोकुलेश्वर अस्पतालमा उपचार भैइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्