रौतहटको मठिया प्रहरी चौकीमा बम विष्फोट : एक घाइते, भारतीय नागरिक पक्राउ



सञ्जय कार्की, रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा सुतली बम प्रहार भएको छ । बीआर ०५ एच ८६५९ नम्ब्रको मोटरसाईकलमा आएका दुई जना भारतीय नागरिकले सो प्रहरी चौकीमा सुतली बम प्रहार गर्दा सेन्ट्री बसेका रन्जीत प्रसाद यादब लाई छर्रा लागेर  घाईते भएका छन । उनको ढाँडमा छर्रा लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सुतली बम प्रहार हुदा सो स्थानमा रहेको एउटा खसी मरेको जनाइएको छ । सुतली बम प्रहार गरेर भाग्दै गरेको अबस्थामा नेपाल भारतको दशगजाक्षेत्र बाट प्रहरीले भारतको ढाका निबासी चन्दन कुमार राम लाई पक्राउ गरेकाे प्रहरी नायब उपरिक्षक नबिन कार्कीले बताउनु भयो । बम प्रहार गर्नेले प्रयोग गरेको मोटरसाईकल समेत बरामद भएको छ । सो क्षेत्र भारतीय सिमा संग जोडिएको छ ।

घटनाको अनुसन्धान भइरहेको उहाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्