अवैध लागूऔषधसहित दुई पक्राउ



काठमाडौं । चन्द्रागिरी नगरपालिका. २ नागढुङगाबाट अवैध लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत बीरेन्द्रनगर नगरपालिका.१२ घर भएका २० वर्षीय गणेश चौधरी रहेको प्रहरीले जनाएको छ । ब्राउनसुगर ०.१५ ग्रामसहित चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा खटिएको प्रहरीले नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना.७ ख ७३९५ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार चौधरीलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका.१० बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामा १५ हजार ६ सय ट्याब्लेट सहित एक जनालाई प्रहरीले पक्राउ गरकेो छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका.१३ पदमपोखरी बस्ने २९ वर्षीय दिपक सिंङ मोक्तान रहको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्