प्रचारप्रसार संयोजक नपाउदा नकरात्मक रुपले पत्रकार लागे : खेलकुद मन्त्री विश्वकर्मा



विजय नेपाली ,पोखरा । 

१३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग गेम)अन्तर्गत पोखरामा हुने खेलको लागि प्रचारप्रसार संयोजक नपाउदा पोखराका खेलकुद पत्रकार नकारात्मक रुपले लागेको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले टिप्पणी गर्नुभएको छ ।

काठमाडौमा आयोजित १३ औ साग तयारीको लागि मिडिया वर्कसप कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै मन्त्री विश्वकर्माले उक्त टिप्पणी गर्नुभएको हो ।

१३ औ साग गेम स्थानिय व्यवस्थापन तथा सहजीकरण समिती अन्तर्गत पोखराको प्रचारप्रसार तथा प्रकाशन समितीको संयोजक नदिदा गलत समाचार लेख्ने गरेको उहाँले बताउनुभयो ।

मन्त्री विश्वकर्माले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एक राज गिरिले आफुले सांयोजक नपाउदा गलत समाचार लेख्ने गरेको बताउनुभयो ।

मन्त्री विश्वकर्माले पोखरा महानगरका मेयर मानबहादुर जिसि लाई सोध्दै ” के गिरि रे ? ” भनी प्रश्न गर्दै अध्यक्ष एकराज गिरिले नकरात्मक समाचार लेख्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्