३८ रोपनीमा लगाइएको अवैध गाँजा खेती नष्ट



धादिङ । बेनिघाट रोराङ गाउँपालिका. १ सुन्दरनागीस्थित करिब ३८ रोपनी जग्गामा अवैध रुपमा लगाएको गाँजा खेती सोमबार प्रहरीले नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहकार्यमा उक्त गाँजा खेती फडानी तथा आगो लगाई नष्ट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्