विद्युत प्रसारण गर्ने तार सार्न नसक्दा सडक मर्मत गर्न स्थगित



सरस्वति न्यौपाने,स्याफ्रुवेशी ।

रसुवागढी खण्डको सडक खण्डमा पर्ने विद्युत प्रसारण गर्ने तार सार्न नसक्दा सडक मर्मत कार्य स्थगित स्थगीत भएको छ ।

स्याफ्रुवेशी देखी रसुवागढी सम्मको १६ कि.मि.सञ्चालन भइरहेको अन्तराष्ट्रिय राजमार्ग डब्बल लेनको कार्य चीन सरकारको सहयोग मा हुन लागेको र काम गर्न चिनियाँ ठेकेदारहरु समेत कार्यक्षेत्रमा आइ सकेपनि सडक छेउमा रहेका विद्युत आईन अनेत्र सार्न ढिलाई हुदा राजमार्ग स्तरोउन्नत गराउने काम स्थगन भै रहेको गल्छी त्रिशुली स्याफ्रुवेशी — रसुवागढी सडक आयोजनाका प्रमुख नारायण दत्त भण्डारीले बताउनु भयो ।

दसै अगाडीनै टिमुरेको घट्टेखोलामा एक छलफलको कार्यक्रम गरि सडक स्तरोउन्नत गर्न जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनिले काम गर्न आएको र सडक विस्तारमा सहज पार्न राजमार्ग छेउका विद्युत लाइन अनेत्र स्थानान्तरण गरिदिन आग्रह गरे बमोजिम लाइन स्थानान्तरण का लागी नेपाल विद्युत प्राधिकरण धुन्चे शाखा लाई आग्रह गरि सकिए पनि विद्युत पोल सार्ने प्रकृया अगाडि नबढदा राजर्माग सुधार कार्यमा ढिलाई भै रहेको समेत आयोजना प्रमुख भण्डारीले जानकारी दिनु भयो ।

स्याफ्रुबेशी — रसुवागढी खण्डको विद्युत लाईन नयाँ विस्तारका लागी प्रकृयामा जाने कदम अगाडी बढि सकेको विद्युत प्राविधिकरण धुञ्चे शाखाका सहायक प्रशासन अधिकृत विद्यासागर श्रेष्ठले बताउनु भयो ।

रसुवागढीमा निर्माणधिन १११ मेघावाट विद्युत आयोजना, रसुवा भन्सार, अध्यागमन र सुरक्षा निकाय लाई समेत अहोरात्र आवश्यक पर्ने भएकोले भन्दा साथ स्याफ्रुबेशी— रसुवागढी क्षेत्रको विद्युत लाई हटाउन नसक्ने बताइएको छ ।

विद्युत लाईन सडकमा भएको निहुँमा चिनियाँ ठेकेदार कम्पनि लाई काम परसार्न सहज भएको र विस्फोटक पदार्थ प्रयोग बाहेक अन्य काम गर्न कुनै समस्या नहुने स्थानीयबासीले बताएका छन् ।

यसै स्याफ्रुबेशी देखी मैलुङ खण्डमा नेपाली सेनाले निर्माण गरि सडक सुधार आयोजना लाई हस्तान्तरण गरेको १७ कि.मि. नयाँ ट्रयाक राजर्माग को व्यवस्थापन गराउने कार्य अन्तिम चरणमा पुगेको छ ।

गल्छी, त्रिशुली, स्याफ्रुबेशी, रसुवागढी सडक विस्तार आयोजनाका आयोजना प्रमुख नारायण दत्त भण्डारीले दिएको जानकारी अनुसार निर्माण व्यवसायी छनौट गर्ने प्रकृया अन्तिम चरणमा पुगेको ले अवको दुइ महिना भित्र स्थलगत रुपमा राजमार्ग सुधारका काम शुरु हुने छ ।

स्याफ्रुबेशी—मैलुङ खण्डमा नयाँ ट्रयाकका छेउ एवंम कुनामा टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने, सडक सतह मिलाई ग्रावेल तथा कालो पत्रे समेतका काम अगाडि बढेपछि नयाँ ट्रयाक राजमार्ग मा ओहोर दोहोर गर्ने सवारी साधन गुढाउन बन्द हुने र सबै खाले सवारी साधन साविक बेत्रावति —धुन्चे तर्फको पासाङल्हामु राजमार्ग तर्फ जानुपर्ने समेत आयोजना प्रमुख भण्डारीले जानकारी दिनु भयो ।

राजमार्गमा पुल निर्माणका लागि टेण्डर प्रकृया पुरा भएको लामो समय विति सक्दा पनि नयाँ ट्रयाक खोलेको राजमार्ग मा पर्ने त्रिशुली नदि तथा साना खोल्छामा निर्माण गरिने पुल तथा कल्भट निर्माण व्यवसायीले अझै पनि काम अगाडी बढाएका छैनन् ।

कालिका, तुदि,हिण्डुङ एण्ड थोकर जे .भी ले करिब ६० करोडमा साना तथा ठुला ११ ओटा पुल निर्माणको जिम्मा लिएको र निर्माण व्यवसायीको प्रवन्धक निर्देशक बहादुर सिंह लामा भएका आयोजनाले जनाएको छ ।

निर्माण कामको जिम्मा लिएको लामो समय भएको बुझिएपनि रसुवा खण्डमा पुल निर्माणको कु्नै काम अगाडी नबढेको स्थानिय बासिन्दाको भनाई छ ।

प्रबन्ध निर्देशक लामा नुवाकोट जिल्ला बाट प्रतिनिधि सभा सदस्य समेत भएकोले आयोजनाका प्रतिनिधिले ताकेता गर्न गराउन डराइ रहेको एक स्रोतले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्