हिमालयन डिष्टिलरीको १०२ प्रतिशत लाभांश



हिमालयन डिष्टिलरीले चुक्तापुँजीको ५० प्रतिशत बोनस शेयर र ५२ दशमलव ६३ प्रतिशत नगद लाभांश गरी कुल १०२ दशमलव ६३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

कम्पनीको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १५ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्