लघुवित्त कम्पनीहरूको नगद लाभांशभन्दा बोनस शेयर बढी



नेपाल समाचारपत्र, काठमाडौं।

ठूला बैंक तथा वित्तीय कम्पनीले लगानीकर्तालाई नगद लाभांशमा जोड दिइरहेका बेला लघुवित्त कम्पनीहरूले भने बोनस शेयरमा जोड दिइरहेका छन्।

ग्रामीण भेगमा कार्यक्षेत्र रहेका लघुवित्त कम्पनीहरूको नाफा तुलनात्मक रुपमा बढी नै हुने गरेको छ।

यसै सन्दर्भमा लाभांश घोषणा गरेका लघुवित्त कम्पनीहरूमा अहिलेसम्म सबैभन्दा धेरै नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। यस संस्थाले ८० प्रतिशत लाभांश घोषणा गरेको छ।

जसबाट ७५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ। छिमेक लघुवित्त वित्तीय संस्थाले ४४ दशमलव ३४ प्रतिशत कुल लाभांश घोषणा गरेको छ।

जसमध्ये २७ दशमलव १२ प्रतिशत बोनस र १७ दशमलव २२ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ।

यस्तै उन्नती लघुवित्त वित्तीय संस्थाले ४० दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

यस संस्थाले ८ दशमलव ६ प्रतिशत बोनस र २ दशमलव शून्य ३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ४० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

संस्थाले २५ प्रतिशत बोनस र १५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो।

स्वाबलम्वन लघुवित्त वित्तीय संस्थाले ४० प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ। संस्थाले २६ प्रतिशत बोनस र १४ प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको हो।

स्वदेशी लघुवित्त वित्तीय संस्थाले ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। यस संस्थाले २० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो।

यस्तै माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले ३१ दशमलव ५८ प्रतिशत लाभांश घोषणा गरेको छ। यस संस्थाले २० प्रतिशत बोनस र ११ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ।

समता माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि ३१ दशमलव ५८ प्रतिशत लाभांश दिने भएको छ। यस संस्थाले १५ प्रतिशत बोनस र १६ दशमलव ५८ प्रतिशत नगद लाभांश दिने जनाएको हो।

लक्ष्मी लघुवित्त संस्थाले २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ। यस संस्थाले १५ प्रतिशत बोनस र ११ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको हो।

स्वाभिमान लघुवित्त संस्था लिमिटेडले २५ दशमलव २७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। यस संस्थाले २४ प्रतिशत बोनस र १ दशमलव २७ प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको हो।

किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले २५ दशमलव १४ प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको छ। जसमध्ये २४ प्रतिशत बोनस र १ दशमलव १४ प्रतिशत नगद लाभांश रहेको छ।

त्यस्तै आरएमडीसी लघुवित्त वित्तीय संस्थले २५ प्रतिशत लाभांश वितरण गर्न लागेको छ। यस संस्थाले १२ दशमलव ५ प्रतिशत बोनस र १२ दशमलव ५ प्रतिशत नै नगद लाभांश दिन लागेको हो।

नयाँ नेपाल लघुवित्त संस्थाले २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। यस संस्थाले २० प्रतिशत बोनस र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको हो।

नेरुडे लघुवित्त संस्थाले २० दशमलव ७९ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमध्ये संस्थाले १५ प्रतिशत बोनस र ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ।

चौतारी लघुवित्त संस्थाले १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ। जसमध्ये ७ प्रतिशत बोनस र १० दशमलव ८९ प्रतिशत नगद लाभांश रहनेछ।

आरएसडीसी लघुवित्त संस्था लिमिटेडले १६ प्रतिशत लाभांश घोषणा गरेको छ। जसबाट संस्थाले ६ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको छ।

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ दशमलव ७९ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा १५ प्रतिशत बोनस र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो।

इन्फिनिटी लघुवित्त संस्था लिमिटेडले १५ प्रतिशत लाभांश वितरण गर्न लागेको छ। यस संस्थाले १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो।

स्पर्श लघुवित्त संस्था लिमिटेडले १३ दशमलव ६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। संस्थाले १३ प्रतिशत बोनस र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो।

यस्तै लाभांश घोषणा गर्ने अन्य लघुवित्त वित्तीय संस्थाहरूमा चौतारी लघुवित्त, सबैको लघुवित्त, उन्नती लघुवित्त, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सिभिल लघुवित्त, कालिका लघुवित्त, एनएमबी माक्रोफाइनान्स, नयाँ नेपाल लघुवित्तलगायत रहेका छन्।

यसैगरी गुराँस लघुवित्त वित्तीय संस्थाले ८ दशमलव शून्य १ प्रतिशत लाभांश घोषणा गरेको छ।

संस्थाले ७ दशमलव ६१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। उक्त लाभांश पारितका लागि कम्पनीले मंसिर १४ गते वार्षिक साधारण सभा बोलाएको छ।

नागवेली लघुवित्त वित्तीय संस्थाले ९ दशमलव ८७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। संस्थाले ९ दशमलव ३८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यस्तै, गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ७ दशमलव ३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

संस्थाले ७ प्रतिशत बोनस शेयर र शून्य ३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रतिक्रिया दिनुहोस्