एनसेलका १४ सुपर सेलरलाई पुरस्कार



एनसेल प्राइभेट लिमिटेडले हाल सञ्चालनमा रहेको ‘एनसेल सुपर सेलर’ योजनाअन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ सेल्स् (पीओएस)/खुद्रा बिक्रेतालाई पुरस्कार हस्तान्तरण गरेको छ।

खुद्रा बिक्रेताले एक कार्यक्रम माझ सोमबार सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ मेसिन पाएका छन्।

रिजन डेरी (बसपार्क), ओम साई राम कम्युनिकेसन (मनमैजु), सार्प सोलुसन (कलंकी), टिआरएल इलेक्ट्रोनिक सप (नयाँबजार), एमके स्टोर (सतुंगल), डिआर भिजन सेन्टर (ठमेल, पिपलबोट) र श्री पशुपति इन्टरप्राइजेज् (नयाँबजार) गरी सात खुद्रा बिक्रेताले यस योजनाअन्तर्गत २४ क्यारेटको १—१ तोला सुन पुरस्कार पाएका छन्।

यी पीओएस/खुद्रा बिक्रेताले यो योजनाको ‘गोल्ड’ समूहअन्तर्गत सुन पुरस्कार जित्न सफल भएका हुन्।

सिल्भर समूहअन्तर्गत चार खुद्रा बिक्रेता राना स्टोर (मिलन टोल), एनबीटी मोबाइल मर्मत सेन्टर (जोरपाटी), राज इन्टरनेसनल ट्रेडर्स (सामाखुसी) र बिकी इलेक्ट्रोनिक्स् (इमाडोल) ले माउन्टेन बाइक साइकल जित्न सफल भएका छन्।

त्यस्तै न्यू कन्काई स्टोर (नयाँ बानेश्वर) र सरस्वती खाद्य स्टोर (भैंसेपाटी) ले १—१ थान ल्याप जित्न सफल भएका छन्। यसै समुह अन्तर्गत दामोदर फ्रेम पसल (बालाजु) ले वासिङ मेसिन जितेका छन्।

यस योजनाअन्तर्गत खुद्रा बिक्रेताले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समूहमध्ये कुनै एक समूहमा आफुलाई सहभागी गराई आकर्षक बम्पर उपहार जस्तै कार, युरोप टुर प्याकेज र आइफोन जित्न सक्नेछन्।

बम्पर उपहार बाहेक खुद्रा बिक्रेताले निश्चित अंक संकलन गरेपछि बाईक, स्कुटर, ५५ इन्चको स्मार्ट टिभी, एयर कन्डिसनर, आईप्याड, इलेक्ट्रिक ट्रेडमिल, वासिङ मेसिन र ल्यापटप लगायतका विभिन्न उपहार जित्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्