बोलिभियाको राष्ट्रपतिद्वारा राजीनामा



सुक्रे, (एजेन्सी)।

झन्डै चौंध महिना सत्तामा रहेका बोलिभियाका राष्ट्रपति एभो मोरालेसले सोमबार पदबाट राजीनामा दिएका छन्। गत महिना भएका विवादास्पद चुनावपछि जनता त्यसको विरोधमा सडकमा उत्रेका थिए।

उनको चुनावी विजयलाई लिएर शुरू भएको जनप्रदर्शनका कारण सेना प्रमुखले उनलाई राजीनामा दिन आ≈वान गरेका हुन्।सरकारी लेखा परीक्षकले चुनावमा थुप्रै आर्थिक अनियमितता भएको पत्ता लगाएका छन्।

तर मोरालेसले भने आफू सैनिक विद्रोहको सिकार भएको गुनासो गरेका छन्। साथै उनले आफ्ना राजनीतिक गठबन्धनका सदस्यका घरहर जलाइन थालेपछि तिनीहरूका परिवारका प्राण रक्षार्थ आफू सत्ताबाट बाहिरिएको बताएका छन्।

राष्ट्रको नाममा टेलिभिजनमार्फत सम्बोधन गर्दै मोरालेसले प्रदर्शनकारीलाई भनेका छन्– ‘दाजुभाई दिदीबहिनीलाई आक्रमण गर्ने बन्द गरौं , आगजनीको काम पनि रोकौं।’

बोेलिभियाको प्रजातन्त्रलाई आवश्यक सम्मान नगरेको र राजीनामा दिन अटेर गरिरहेको भन्दै उनीविरुद्ध प्रदर्शन गरिएको हो। तर सेनाको दवाव र बलमा उनले राजीनाममा दिएपछि बोलिभियाको प्रजातनत्रलाई त्यति राम्रो हुने नदेखिएको राजनीतिक विश्लेषकले अनुमान गरेका छन्।

मोरालेसको राजीनामासँगै उनको मास पार्टीका सदस्यले पनि धमाधम राजीनामा दिन थालेकाले सत्ता शून्यताको स्थिति सिर्जना भएको छ।

अब अन्तरिम नेता खोज्नुपर्ने वा अर्को चुनाव घोषण गर्नुपर्ने अवस्था छ।नत्र राजनीतिक धु्रवीकरण बढ्दै जाने तथा हिंसात्मक प्रदर्शन चर्किंदै जाने अनुमान गरिएको छ।

यता गत महिनाको चुनावको परिणाममा दोस्रो स्थान ल्याउन सफल विपक्षी नेता कार्लोस मेसाले प्रतिवाद गरी वीरता देखाएको भन्दै प्रदर्शनकारीलाई धन्यवाद दिएका छन्।

पहिलेदेखि नै मारालेसप्रति आफ्नो समर्थन रहेका बताउँदै आएका क्युवाली र भेनेजुयलाली नेताले भने यस राजनीतिक घटनालाई सैनिक विद्रोहको संज्ञा दिँदै भत्सर्ना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्