चितुवा रोबोटको विकास, १४ किमि प्रतिघण्टा कुद्न सक्छ



क्याम्ब्रिज, (एजेन्सी)।

अमेरिकाको म्यासाच्युसेट्स राज्यको म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले चार खुट्टे रोबोट विकास गरेको छ, जसले एक सेकेन्डमा ३० फैसला लिन सक्छ।

यो रोबोट अधिकतम १४ किलोमिटर प्रतिघण्टाको बेगमा दौड्न सक्छ। यसलाई मिनी लियोपार्ड नाम दिइएको छ।

यो रोबोट कुनै पनि स्थितिबाट सिधा उभिन सक्छ। सन्तुलन हराउँदा पनि यो अगाडि पछाडि गर्दै फर्केर पुन दौडने स्थितिमा आउन सक्छ। यसको चितुवाको जस्तो खुट्टा दबाएर हिँड्ने क्षमता छ।

हालै मात्र यी रोबोटको फुटबल खेल्दै गरेको भिडियो बाहिर आएको छ।म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रोफेसर सेङबेइ किमले भने, ‘मलाई युट्युबमा अफ्रिकन चितुवा हेर्न मन पथ्र्यो।

उसको सुन्दरताबाट प्रभावित भएरै मैले आफ्ना दुई स्नातक छात्र बेन कट्ज र जेरेड डी कार्लोलाई चितुवा जस्तो रोबोट बनाउन चुनौती दिएको उनले किमले बताए।

यद्यपि मिनी लियोपार्ड र वास्तविक चितुवाको बेगमा १० गुणा अन्तर छ। अफ्रिकन चितुवा १ सय २० किलोमिटर प्रतिघण्टाको बेगमा दौडन सक्छ। मिनी रोबोटको अधिकतम बेग मात्र १४ किलोमिटर प्रतिघण्टा रहेको छ।

रोबोट पुन उठेर सीधा हुन सक्ने बनाउनु अत्यन्त चुनौतीपूर्ण काम भएको प्रोफेसर किमले बताए। रोबोटलाई हावामा ३ सय ६० डिग्री फन्को लगाउनु अत्यन्त कठिन हो, त्यसको तुलनामा कोल्टेपारी सिधा गर्न सहज हुन्छ।

यसमा पनि रोबोटको सेफ ल्यान्डिङ गर्नु चुनौतीपूर्ण थियो। किनभने ल्यान्डिङ सही नभएमा पुन उफार्नु झन कठिन हुन्छ।

प्रतिक्रिया दिनुहोस्