रिजेन्द्र र सजिनको अग्रता



नेपाल समाचारपत्र, काठमाडौं।
मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीपमा नेपालका एफएम रिजेन्द्र राजभण्डारी र सीएम सजिन महर्जनले अग्रता कायम गरेका छन्।
रिजेन्द्रले चौथो चरणमा शीर्ष वरियताका खेलाडी पुरुषोत्तम चौलागाईंलाई र सजिनले मलेसियाका इसाक अफीजुललाई पराजित गरेका हुन्।
तीन चरणको समाप्तिमा ६ खेलाडीको संयुक्त अग्रता रहेको थियो। चौथो चरणमा नै सुरवीर लामा र कृष्ण थापा बीच बराबरी भयो।
यसअघि तेस्रो चरणमा सजिनले प्रेमकृष्ण महर्जन, रिजेन्द्रले नबिन तण्डुकार, कृष्णले तीर्थराज सुब्बा र सुरवीरले भारतकी सन्ध्या जीलाई हराएका थिए।
तस्वीरः उजोल डंगोल, काठमाडौं

प्रतिक्रिया दिनुहोस्