हतियार कटौती गर्न तयार



मस्को, (एजेन्सी)।

चीनले हतियार नियन्त्रणको विषयमा अमेरिका–रुसबीच जारी वार्तामा सहभागी नुहने जनाएको छ। तर चीन आफ्नो परमाणु हतियारको संख्या कम गर्न तयार रहेको प्रस्ट पारेको छ।

चीनको विदेश मन्त्रालयअन्तर्गत हतियार नियन्त्रण विभागका महानिर्देशक फु कोंगले मस्कोको एक सम्मेलनमा भने, हामी दुवै परमाणु महाशक्तिलाई परमाणु हतियारको संख्या अझ कम गर्न आग्रह गर्छौं ताकी अन्य परमाणु हतियार सम्पन्न देश पनि हतियारको संख्या कम गर्ने विषयलाई लिएर वार्तामा समावेश हुन सकुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसअघि हतियार नियन्त्रण गर्ने विषयमा रुस र चीनसँग वार्ता गर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्