गायिका मंगेशकर गम्भीर बिरामी



काठमाडौं ।

सर्वश्रेष्ठ गायिकाको सम्मान पाएकी लता मंगेशकर गम्भीर बिरामी परेकी छन् । ९० वर्ष लागेकी चर्चित बलिउड गायिका उनको मुम्बईको ब्रीच केन्डी अस्पतालमा आईसीयूमा राखेर उपचार गरिएकाे हाे ।

भाइरल इन्फेक्सनको समस्या देखिएपछि सोमबार दिउँसो दुइ बजे उनलाई अस्पताल लगिएको हाे ।

मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले जारी गरेको विज्ञप्तिका अनुसार लता मंगेशकरको उमेरको ख्याल राख्दै अस्पतालमा दिउँसाे देखि साँझसम्म भर्ना गरिएको हाे  ।

चर्चित बलिउड गायिका उनी साँझ अस्पतालबाट घर फर्केकी छन्। गायिका मंगेशकरको अवस्था हाल स्थिर रहेको र क्रमिक सुधारोन्मुख भइरहेको छ।

भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतको सर्वश्रेष्ठ गायिका मानिन्छिन् । उनले कैयौं नेपाली गीत पनि गाएकी छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्