भारतमा राष्ट्रपति वा प्रधानमन्त्रीको तस्बिर दुरुपयोग गरेमा कैद



भारत ।

कसैले राष्ट्रपति वा प्रधानमन्त्रीको तस्बिर दुरुपयोग गरेमा भारतमा अब छ महिना सम्म कैद र पाँच लाखसम्मको जरिबानाको व्यवस्था गरिने भएको छ ।

अमर उजालाको आजको समाचारअनुसार निजी कम्पनीको विज्ञापनमा प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर प्रयोग बढेपछि केन्द्र सरकारले १९५० को प्रतीक र नाम ‘अनुचित प्रयोग रोकथाम‘ कानुनमा पहिलोपटक सजायको प्रावधान राख्न लागेको हो ।

साथै जरिबानाको रकम एक हजार गुणा बढाएर पाँचलाख बनाउन लागेको हो ।

उपभोक्ता मामिला मन्त्रालयले सातदशक पुरानो कानुनमा संशोधनको मस्यौदा बनाएको छ । कानुन मन्त्रालयले यसमा मन्जुरी पनि दिएको छ ।

सार्वजनिक परामर्श लिएपछि मस्यौदालाई केन्द्रीय मन्त्रिपरिषद् समक्ष मन्जुरीको लागि पठाइनेछ । सरकारले यो कानुनलाई संसदको शीतकालीन सत्रमा पारित गर्ने तयारी गरेको छ ।

पहिला प्रधानमन्त्री वा राष्ट्रपतिको तस्बिर दुरुपयोग गर्नेमाथि पाँच सय रुपैयाँसम्म जरिबानाको व्यवस्था थियो ।
बीबीसी

प्रतिक्रिया दिनुहोस्