एसियन एमच्योस चेसमा रिजेन्द्र र सजिनको अग्रता



उजोल डंगोल, काठमाडौँ ।

मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीपमा नेपालका एफएम रिजेन्द्र राजभण्डारी र सिएम सजिन मर्हजनले अग्रता कायम गरेका छन् ।

उनले चौथो चरणमा शिर्ष वरियताका खेलाडी पुरुषोत्तम चौलागाईलाई हराए । यसैगरी सजिनले मलेसियाका इसाक अफीजुललाई हराए । तीन चरणको समाप्तीमा ६ खेलाडीको संयुक्त अग्रता रहेको थियो । चौथो चरणमा नै सुरबिर लामा र कृष्ण थापा विच बराबरी भयो ।

यस अघि तेश्रो चरणमा सजिनले प्रेमकृष्ण मर्हजन,रिजेन्द्रले नबिन तण्डुकार,कृष्णले तीर्थ राज सुब्बा र सुरविरले भारतकी सन्ध्या जीलाई हराएका थिए ।

१५ देशका कुल ८४ खेलाडी सहभागि प्रतियोगिता स्वीस लिगको आधारको नौ चरणमा हुने छ । नेपाल बुद्धीचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता बिहिबार सम्म चल्ने छ ।

प्रतियोगिताको उपाधि विजेताले १ हजार ५ सय, उपविजयीले १ हजार तथा तेश्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् ।

यसैगरी, चौथो र पाचौले ५ सय,छैठौले ४ सय तथा सातौले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् ।

आठौ देखि दशौ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउने छन् । प्रतियोगिता स्वीस लिगको आधारमा नौ चरणको हुने छ ।

तस्वीरः उजोल डंगोल

 

प्रतिक्रिया दिनुहोस्