नेपालको जितबाट शुरुवात



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपालले बंगलादेशमा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगितामा जितबाट शुरुवात गरेको छ। आईतबार ढाकास्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुरमा भएको खेलमा नेपालले अफगानिस्तानमाथि सीधा सेटले जित हासिल गरेको हो।
नेपाल सामू निरिह देखिएको अफगानिस्तानले कुनै पनि सेटमा दोहोरो अंक समेत जोड्न सकेन। नेपालले सो खेल २५–४, २५–९, २५–६ ले जितेको हो।राउन्ड रोविन लिगमा खेलिने सो प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तानले सहभागिता जनाएका छन्।
जसमा शीर्ष दुई टोलीले फाइनलमा भिडन्त गर्नेछन्। प्रतियोगितामा माल्दिभ्सले ५ अंक जोडेको छ भने नेपाल र बंगलादेशले ३/३ अंक जोडेका छन्। त्यस्तै किर्गिस्तानले १ अंक जोड्दा अफगानिस्तान अंकविहीन रहेको छ।

प्रतिक्रिया दिनुहोस्