वडा ६ र ७ सेमिफाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं।
नागर्जुन नगरपालिका वडा ६ ‘ए’ र वडा ७ ‘ए’ प्रथम नागर्जुन मेयर कप फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन्। युथ हसन्टार क्लबद्वारा आयोजित प्रतियोगितामा वडा ६ ‘ए’ ले वडा ७ ‘बी’ लाई २–१ गोलले पराजित गर्यो।
विजयी टिमका लागि दुवै गोल राज पौडेलले गरे। अर्को खेलमा वडा ७ ‘ए’ ले वडा ६ ‘बी’ लाई ४–१ गोलले हरायो। विजेताका सुवास लामा, सागर लामा र विजु लामाले १–१ गोल गरे।

प्रतिक्रिया दिनुहोस्