नेपाली खेलाडीको जित जारी



नेपाल समाचारपत्र, काठमाडौं।
दन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीपमा शिर्ष नेपाली खेलाडीको जित्ने क्रम जारी रहेको छ। आइतबार दोश्रो चरणको खेल सकिदा शिर्ष बरियताका पुरुषोत्तम चौलागाइ र तेश्रो वरियताका सुरविर लामासहित प्रेमकृष्ण मर्हजन, सजिन मर्हजन, सुमित पन्त, एफएम रिजेन्द्र राजभण्डारी, सिएम नविन तण्डुकार, तीर्थ राज सुब्बा, सिएम कृष्ण थापा र युवराज पौडेलले जित हात पारे।
उनीहरूको २ अंक रहेको छ। दोश्रो चरणमा पुरुषोत्तमले राजेन्द्र बज्राचार्य, सुरविरले सुदिप तामाङ, सजिनले काजकस्तानका गब्दुसेभ अर्मान,ु समितले विवेक श्रेष्ठ र रिजेन्द्रले सुश्रुत दाहाललाई पराजित गरे। यसैगरी तिर्थले मलेसियाका लि सोइ हक, बैस्नभले भारतका आर्नक कुशवाह र इशाकले नेपालका सुरोज मर्हजनलाई हराएका हुन्।
१५ देशका कुल ८४ खेलाडी सहभागि प्रतियोगिता स्वीस लिगको आधारको नौ चरणमा हुने छ। नेपाल बुद्धीचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता बिहिबारसम्म चल्ने छ।
प्रतियोगिताको उपाधि विजेताले १ हजार ५ सय, उपविजयीले १ हजार तथा तेश्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाउनेछन्। यसैगरी, चौथो र पाचौले ५ सय, छैठौले ४ सय तथा सातौले ३ सय ५० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन्। आठौ देखि दशौ हुनेलाई ३ सय अमेरिकी डलर पुरस्कार दिइनेछ।
तस्वीरः उजोल डंगोल/काठमाडौं

प्रतिक्रिया दिनुहोस्