अयोध्या विवाद फैसला : ‘बाबरी मस्जिद तल कुनै हिन्दू मन्दिर थिएन’



नयाँदिल्ली, (एजेन्सी)।

भारतको चर्चित अयोध्या राम मन्दिर–बाबरी मस्जिद विवादमा सर्वोच्च अदालतले आफ्नो फैसलामा एक विशेष प्रतिवेदनको उल्लेख गरेको छ। जसमा बाबरी मस्जिद तल कुनै हिन्दू मन्दिर नभएको उल्लेख छ।

राम जन्मभूमि–बाबरी मस्जिदःअ हिस्टोरियन्स रिपोर्ट टु द नेसन ‘शीर्षकको उक्त प्रतिवेदना ४ स्वतन्त्र इतिहासकारको टोलीले तयार गरेको थियो। उक्त प्रतिवेदन सरकारलाई सुम्पेको थियो।

प्रोफेसर सुरज भान, अतहर अली, आरएस शर्मा र डीएन झाले ऐतिहासिक तथा पुरातात्विक प्रमाणको छानबिन गरी आफ्नो प्रतिवेदनमा बाबरी मस्जिदमुनि एक हिन्दू मन्दिर रहेको दाबीलाई अस्वीकार गरेका थिए।

प्रतिवेदनका लेखक तथा चर्चित इतिहासकार प्रोफेसर डीएन झाले सर्वोच्च अदालतको फैसलामा आफ्नो प्रतिक्रिया दिएका छन्। यसमा हिन्दूको आस्थालाई महत्व दिइएको उनले बताए। फैसलाको आधार दोषपूर्ण पुरातत्व विज्ञानलाई बनाएको उनले बताए। यो अत्यन्त निराशाजनक भएको झाले प्रतिक्रिया दिए।

उनलाई तथ्यपरक खोज प्रतिवेदनको निष्कर्षका बारेमा प्रश्न सोधिएको थियो। ‘रामजन्मभूमि–बाबरी मस्जिदः अ हिस्टोरियनस रिपोर्ट टु द नेसन ‘मा के निष्कर्ष निकालिएको थियो?’ प्रतिवेदन सन् १९९२ मा मस्जिद विध्वंश अगाडि सरकारलाई सुम्पिएको डीएन झाले बताए।

उनका अनुसार प्रतिवेदनका लागि त्यतिबेला प्राप्त सबै प्रमाणको गहन जाँच पडताल भएको थियो। त्यसपछि निष्कर्षमा मस्जिद तल कुनै राम मन्दिर नभएको तथ्य प्रष्ट रूपमा आएको थियो।

एएसआईले के गर्नुपथ्र्यो भन्ने प्रश्नको जवाफमा प्रोफेसर झाले अयोध्या विवादमा एएसआई ले सँधै नै संदेहास्पद भूमिका निभाएको बताए। विध्वसंपुर्व आफूहरु अयोध्यासँग सम्बन्धित प्राचीन वस्तुहरुको जाँचका लागि पुरानो किला गएको तर एएसआईले ट्रेन्च आईभीको साइट नोटबुक उपलब्ध नगराएको झाले बताए।

त्यसमा अत्यन्तै महत्वपूर्ण सबुत रहेको उनले थपे।प्रस्ट रूपमा यो प्रमाण दबाउने घटना थियो। मस्जिद विध्वंसपछि एएसआईले जुन उत्खनन् गर्यो, त्यो पहिले नै मान्यता बनाएर गरेको थियो। ‘यसमा ती प्रमाणहरुलाई नस्ट गरियो जसले मन्दिरको थ्यौरीलाई काट्थ्यो।

एएसआईसँग कुनै स्थानको उत्खनन्मा वैज्ञानिक मान्यतालाई हेर्छ भन्ने अपेक्षा गरिएको थियो’ –प्रोफेसर झाले बताए। भारतका लागि सर्वोच्चको फैसलाको कस्तो अर्थ हुनेछ भन्ने प्रश्नको जवाफमा प्रोफेसर झाले भने– ‘यो फैसला बहुलवादतर्फ झुकेको छ। यो हाम्रो देशका लागि राम्रो होइन।’

प्रतिक्रिया दिनुहोस्