हुकुमी शासन र संवेदना सम्बोधन



रमेश भट्टराई
‘सहृदयी’

हाम्रा प्राचीन इतिहासले राजनीतिगत बौद्धिकता र आदर्शतालाई राम्रोसँग सुझाएका छन्। महाभारतको कथामा विदुर आपूm कौरवको महामन्त्री हुँदा पनि पाण्डवमाथि हुन लागेको अन्यायका विरुद्ध कदम चालेका थिए।

अभिभावकले सन्तानको विरोध खप्न सक्नुपर्दैन ? जनतामा वितृष्णा जागिरहेको बेला प्रेमको भाषा किन बोलिँदैन ?असल र उदाहरणीय कर्मका पक्षपाती जनताको आँखामा बिझाउने कि रिझाउने भन्ने कुरालाई दमनकारी नीतिले होइन प्रेमको शैलीले निक्र्योल गर्छ। ठूला–ठूला योजनाभन्दा स–साना सुधारबाट पनि विकासको थालनी हुन सक्छ। गाउँका विकासका योजनाले परिवर्तनको आभास हुन सक्छ।

सत्यको पक्षमा लाग्ने रामायणका पात्र रामले एउटा जनताले विरोध गरेकै कारण आफ्नी गर्भिणी अवस्थाकी निर्दोष आदर्श पत्नीलाई त्यागिदिएका थिए। केवल एउटा जनताको अनावश्यक विरोधी प्रवृत्तिका कारण आफ्नो व्यक्तिगत जीवनको खुसीलाई बलिदानी दिएको इतिहास रामायणमा छ।

राम र सीताको जीवनमा कहिल्यै सहजता भएन तर आदर्शताको उल्लङ्घन पनि कहिल्यै भएन। कौरव–पाण्डवको महायुद्धमा पनि युधिष्ठिरले आफ्नो सत्य बोल्ने प्रतिज्ञालाई उल्लङ्घन गर्न चाहेनन्। यसकारण त स्वयम् कृष्णको साथ अल्पसङ्ख्यक पाण्डवका पक्षमा थियो।

जो आफू हारे पनि बरु हारलाई नै स्वीकार गर्ने तर सत्यको पक्षपाती शासन शैलीनछोड्नेहाम्रो पौराणिक इतिहासलाई आजका शासक वर्गले सिक्नुपर्छ।त्यो समयले सत्यको विजय हुन्छ भन्नेआधार बसायो। यस मानेमा पनि हाम्रो माटोले आदर्शताको जगमा अडिएको राजनीतिगत परिवेशलाई पचाउँछ।

अतः हाम्रो राजनीतिक शैलीमा अलिकति पनि समर्पण भाव हुने हो भने असम्भव हुने कुनै कारणै छैन।मूलतः सङ्घले प्रदेशलाई हेरेन र प्रदेशले स्थानीय निकायमा आँखा पुर्याएन या तीन तहमा समन्वय भएन भन्दै आपसी बेमेलमा आजको राजनीति अल्झिएको छ।

संघीय शासनमा जनताले अपनत्वको अनुभूति नगरेका पनि होइनन्। यद्यपि ठोस काम गर्ने सोच र व्यावहारिकता नहुँदा विश्वासको वातावरण कायम हुन सकेको देखिँदैन। अर्कोतर्फ नेतृत्वको स्वभाव, विलासिता र अनुशासनहीनताले राम्रोभन्दा नराम्रैको रेटिङबाटवितृष्णा बढाएको हो।

पार्टीगत जालसाजीले विकासका योजना अन्योलको चक्रव्यूहमा फसेका छन्। अन्तर्दलीय भनाभैरीले राम्रालाई राम्रो भन्ने आदत पनि पटक्कै छैन।दलीय माफियाको आडम्बरमाचुर्लुम्म डुबेकैले जनतामा आक्रोश बढेको देखिन्छ। देशको प्रधानमन्त्रीले बोल्दा, देशको प्रधानमन्त्री बाटामा हिँड्दा जनताले गर्व गर्नुपर्दैन ?

हाम्रो राजनीतिक मान्यताभित्र नेताले जस्तो झुटो बोले पनि, जति कुरा गरेर काम नगरे पनि नेता नेतै हुन्छन्। तर जनताका लागि धेरै हदमा कानुनले समात्छ यद्यपि नेतृत्वले काम र कुरोको शैलीसँग तालमेल मिलाउँदैन।

भोट माग्दा बोलिएका घोषणापत्रलाई आज लगभग बिर्सिएकै लाग्छ। कुनै पनि केन्द्रीय तहका नेताले जनताको घरदैलोमा दुःख, पिर बुझ्ने सोच बनाएको पाइँदैन। आज राजनीतिक पद्धति, व्यवस्था र तौरतरिकाका कमजोरी केलाएर विरोध गर्नुलाई पनि नेतृत्वले खराबी ठान्छ। डेढो आँखाले हेर्न थालेको छ।

वास्तवमा अभिभावकत्व र जनवादी निःस्वार्थको खडेरीका कारण जनताले साँचो अर्थमा सत्ताका विरुद्ध सामाजिक सञ्जालमा आवाज ओकल्छन्। अनि सत्ताधारीले प्रतिपक्षको आरोप भिराएर आफू तर्किने कमजोरी दोहोर्याइरहन्छ। वास्तवमासत्तामा भएका वितृष्णा र बेथितिले जनमानसमा असन्तुष्टि बढाएको हो।

आफ्नै कुरा माथिबाट पार्ने पद्धतिले समाजलाई बुझ्ने शैली बिर्सिएको देखिन्छ। जनतालाई भोटदाता मात्र मान्ने अनि पदलाई विलासिता हो भन्ने हो भने त्यहाँ अराजकता पैmलेको ठहर्नेछ। यसर्थ पनि सरकारपक्ष र प्रतिपक्षका दलहरूले आफ्ना आडम्बरमा समीक्षा गर्न जान्नुपर्छ।

आजसम्मका उपलब्धिको रक्षा गर्ने हो भने असल जनतालाई भगवान् भन्न पनि सक्नुपर्दैन र?जनताले आफ्नो विचारलाई पोख्न पाउनुपर्दैन ?यदि प्रजातान्त्रिक युग र जनताको सार्वभौमिकतालाई रक्षा गर्ने कुरामा कुनै नेतृत्व समर्पित हुन्छ भने आफू विरोधी भावनालाई पनि आदर्शवादी व्यवहारबाट सुधार गराउँछ।

आफ्नो आडम्बरलाई नियन्त्रण गर्छ। महाभारतका पात्र युधिष्ठिरले धर्मयुद्धको उल्लङ्घन गर्न नचाहेर भगवान्को साथ पाउनुलाई चाहे विश्वास भनियोस् तर शिक्षाका रूपमा लिन सक्नुपर्छ। आज हामीमा शासकीय अनुशासनमा कमजोरी हुँदा, नरमपना नहुँदा जनतामा उग्रवादी भावना बढिरहेको हो भन्न सकिन्छ।

यस मानेमा पूर्वराजाका पक्षमा जनता बोल्छ भने पनि, ज्ञानेन्द्र शाही या पत्रकार रवि लामिछानेका पक्षमा जनता उत्रन्छ भने पनि जनताले राजनीतिक कर्मकाण्डीय शैलीको विरोध गरेका हुन्।

अपरिवर्तनीय शासक शैलीको भण्डाफोर गरेका हुन्, सबैले सच्चिएर जनवादी बन्नुपर्छ। जनतालाई व्यवस्था र सिद्धान्त होइन, विकास र शान्ति चाहिएको हो। क्षमताअनुसारको काम र दाम चाहिएको हो।

मुलुक समृद्ध देखिने कार्यमा अघि बढेको छैन तरस्थानीय तहमा विकास भइरहेका छन्। जनतामा अधिकार विकेन्द्रीकरण भएकै छ। सेवा–सुविधा गाउँमुखी नभएका होइनन्तर भ्रष्टाचारी र स्वार्थी सत्ताधारीको मैलो धोइएन। मपाईंत्व र आफन्तवादले ठूला नेतृत्व नै लोभी भइदिए।

पारिवारिक समृद्धिका सोचले राष्ट्रियताका नारा व्यावहारिक भएनन् तब राष्ट्रवादको मखुन्डो लगाएर अधिनायकत्वको आभा पैmलिएकै हो। कतिपय अवस्थामा जनताको वाक्स्वतन्त्रतामा बाँध नलगाइएको होइन। प्रशंसा गरेको मात्र सुन्नचाहने र विरोध गरिसक्दा दमनकारी नीति नअँगालिएका पनि होइनन्।

हिजो व्यवस्थाका कमजोरीका कारण प्रजातन्त्र आएपछि पनि पञ्चायती शासन आएकै हो। इतिहासबाट आजका नेतृत्वले सिक्नुपर्छ। कसैले गलत कुरालाई ओकल्नै नपाउने भन्ने त सरकारको ध्येय अवश्य नहुनुपर्ने हो। यो त, राणाशासनका विरुद्ध बोल्दा जेल हालेजस्तो होइन र ?

पञ्चायतको विरुद्ध बोल्नेलाई सजाय दिएजस्तो होइन ? द्वन्द्वकालमा सरकार पक्षमा वकालत गर्नेलाई माओवादीले निर्मम यातना दिएजस्तो होइन।अर्थात्, माओवादीको गन्ध आउने काम गरेकोमा, माक्र्सको किताब पढेको या जासुसी गरेको भनेर सरकार पक्षबाट अनेकौँ यातना दिएको घटनाजस्तै आजको अवस्था सञ्चालित हुनुहुन्न होला।

उसो भए जनताको मनलाई आपूmतिर तान्ने गरी कर्म गर्न नजानेको होइन त ?कसैको पक्षमा जनता लाग्छन् भने उसको केही चीज, केही राम्रा कार्यलाई जनताले साथ दिएका हुन्। सोझाको दिमाग भुटेर अगाडि–पछाडि लगाउने र लोकप्रियता कमाउने एउटा सोच हिजो बढी थियो तर आजका जनता त्यति धेरै लाटा र सोझा पनि त छैनन्।

अर्को कुरा, आखिर विरोध गर्ने जनता पनि नेपाली जनता होइनन् र ?अभिभावकले सन्तानको विरोध खप्न सक्नुपर्दैन ? जनतामा वितृष्णा जागिरहेको बेला प्रेमको भाषा किन बोलिँदैन ?

असल र उदाहरणीय कर्मका पक्षपाती जनताको आँखामा बिझाउने कि रिझाउने भन्ने कुरालाई दमनकारी नीतिले होइन प्रेमको शैलीले निक्र्योल गर्छ। ठूला–ठूला योजनाभन्दा स–साना सुधारबाट पनि विकासको थालनी हुन सक्छ। गाउँका विकासका योजनाले परिवर्तनको आभास हुन सक्छ।

अझै पनि राणाकालीन सोचकै शैली देखिन्छ। प्रायः नेताजीका केही काली भाइहरू गाउँ–गाउँमा हुन्छन्। दुई–चार कप चिया खाएर दुई–चार हजारका धक्कु लगाउँछन्। राम्रो जति सबै आफ्नै पोल्टामा तर बिगार्ने र भत्काउने सबै अर्को पार्टीको भन्ने गफ हुन्छन्।

मुलुक समाजवादउन्मुख अर्थतन्त्रको विकास गर्ने, जनताको भाग्य र भविष्यप्रति चिन्तामा छ भनिन्छ। प्रतिपक्षी सत्ताको सत्तोसरापमा केन्द्रित हुन्छ। सत्तापक्षी कसमाथि दमन गर्ने भन्ने ध्याउन्नमा छ। कहिले आफ्नै मपाईंत्वमा केन्द्रित देखिन्छ।

जुन संस्थाले बोलायो त्यसैका पक्षमा वकालत गर्ने, धार्मिक संस्थामा गयो भने धर्म विकासका गफ गर्ने, वैज्ञानिक विकासका बारेमा भए आफूले खूब राम्रो गरिरहेको कुरा जोड्ने शैली झनै भाषण पद्धति मात्र हो।

एकातिर नेपालले समृद्धिमा फड्को मार्दै छ, अलिकति आशा गरौँ भनिरहँदा सडकतिर मागिरहेका राजधानीकै जनताको अवस्थालाई हेर्ने हो भने के नेपाली नेतृत्वलाई मानवताको भावनाले दुःखित तुल्याउँछ त ? भोको पेटमा राष्ट्रियताको सुगन्ध पैmलाउन विवश पारिने सोचलाई सार्वभौम सत्ता जनतामा निहित भएको मुलुक भनेर कसरी भन्ने ?

यसो भन्यो भने भारत, अमेरिका, बेलायतका उदाहरण थोपरेर निथ्रुक्क भिजेको मान्छेले आफूलाई ओभानै भएको भनेर साबित गर्न खोज्ने लिँढे ढिपीको पनि कमी छैन। सत्ताधारी, नेताधारी वा नेतृत्वको एउटा ओहोदामा उक्लेकाहरू छेउमा दुई चार जना मान्छे छन् भने माला, अबिर, टीका ग्रहण गर्दै ठूला–ठूला भाषण गर्छन्।

जनता पनि शासक पूजामा लिप्त छौँ, माला भिराउन तँछाड मछाड गर्र्छौं। जनता भाषण हैन काम चाहिन्छ भन्ने जान्दछन्। बाहिर बसेर गलबाजी पनि गर्छन् तर यसो गाउँतिर नेताजी आउने भनेपछि आशाको लामो सास फेर्छन्, भेला हुन्छन्। यो हामी जनताको जीवनस्तरले पारेको मनोवैज्ञानिक प्रभाव हो।

तिनीहरूलाई सही र गलत जानेरै पनि शक्तिको समर्थन गर्छन्। चाडबाड आयो महँगीले ढाड सेक्नेवाला पनि छ।यसर्थ हरेक जनताका वेदना र संवेदनालाई घर–घरमा गएर नियाल्ने र अभिभावकत्व निर्वाह गर्नु सरकारको कर्तव्य हो।

 

 

प्रतिक्रिया दिनुहोस्