जीवन शर्मा एकल साँझः बिरामी छोराकोभन्दा देशको माया, जगाए राष्ट्रियताको भावना



दुर्गाप्रसाद शमा, पर्वत ।

भारतले आफ्नो नयाँ राजनैतिक नक्सा सार्वजनिक गर्दा नेपाली भूभाग लिपुलेक, कालापानी आफनो भूभागमा राखेपछि त्यसको सर्बत्र बिरोध भैरहेको छ ।

हरेक नेपाली भारतीय कदमको बिरुद्धमा आन्दोलित छन । देशलाई कालापानी लिपुलेक दुःखेको बेला जनगायक जीवन शर्मालाई छोरा गम्भीर बिरामी पर्दा झनै पिडाकै बेला झन पिडा थपिएको छ ।

सधै जनताको र देशको पक्षमा गीत गाउँदै हिडेका उनै जनगायक जीवन शर्माले पर्वतको कुस्मामा भएको ‘जीवन शर्मा एकल साँझ’ मा कालापानीको चोट परिवारको पिडा भन्दा कयौ गुणा माथि रहेको भन्दै राष्ट्रियताको भावना जगाउनुभएको हो ।

लायन्स क्लब अफ शिबालय कुस्माले आयोजना गरेको एक साँझमा शुरुवातमा नै राष्ट्रियताको भावना जगाउँदै ‘मधेसी पहाडी, हिमालका हिमाली, हामी सबै नेपाली’ बोलको गीतबाट एकल साँझको सुरुवात गर्नुभयो ।

सादा जीवन शैलीका गायक शर्माको आधा भन्दा बढि उमेर राजनैतिक परिर्वतनका खातिर गीत गाउँदैमा वितेको छ । ६० बर्षे इतिहासमा २ हजारको हाराहारीमा गीत गाउनुभएका शर्माले े झण्डै ३ दशक अगाडि गाएको एउटा गीत नेपाली साँंगितीक दुनियाँमा अजम्बरी गीत बनेर नेपालीहरुको मनमा बसीरहेको छ ।

पर्वत जिल्लाको कार्किनेटाको उकालो चढदै गर्दा शर्माले रचना गरेको सिमलु छाँयामा बसी…. बोलको गीत नेपालीहरुको मनमा क्रान्तिकार ज्वारभाटा बनेर बसेको छ ।

कार्किनेटाको उकालो चढदै गर्दा एक बृद्धले भारी बोक्दै गरेको देखेपछि आफूले उक्त गीत रचना गरेको बताउने शर्माले गाएको उक्त गीतमा कुस्माबजारमा पनि बृद्धादेखि युबाहरु सम्म नाँचे । आठ बर्षे भरिया बालकको कथा समेटेर लेखेको ‘झरनाको चिसो पानी’ बोलको गीतमा उसैगरि बालबालिका खुलेरै नाँचे ।

कार्यक्रममा उहाँले ‘चाहिदैन मलाई कालो धन……’ ‘आकाशमा बादलु छैन….’ ‘फोकल्याण्डको टाँपुबाट..’, आधी रातमा हुरी चल्दा..’ परदेशी तिमी फर्की आउ..’ लगाएतका गीतहरु गाउनुभएको थियो । लायन्स क्बलहरुले जीवनमै पहिलो पटक एकल साँझ आयोजना गरेको बताउँदै एउटा मादल बादकको साथ लिएर आफैं हार्मोनियमको साथमा गीत गाउँनुभयो ।

एकल सांगितिक साँझका लागि दर्जनौ बाध्य बाधकका साथ मञ्चमा आउने परम्परा भएपछि पनि आफ्नो जन्मस्थानका एक जना मादल बाजकको साथमा उहाँले भरपुर मनरोरञ्जन मात्रै होइन देश र राष्ट्रिताको लागि जुरुक्कै उठाउनुभयो ।

देश दुखेको बेला जनगायक शर्माको एकल साँझ गरेर राष्ट्रियतालाई बलियो बनाउन सहयोग पुगेको आयोजक लायन्स क्लब अफ शिबालयका अध्यक्ष डिल्लीराम शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्