पर्यटकीय र धार्मिक गन्तव्य गंगाजमुना झरनामा मेला



सीताराम अधिकारी, धादिङ ।

धादिङको गंगाजमुना गाउँपालिका वडा न. ५ मा रहेको गंगाजमुना झरना धार्मिक मात्र नभएर पर्यटकीय गन्व्यको रुपमा विकास भइरहेको छ । यो झरनास्थलमा धार्मिक मेला लाग्दा पर्यटकीय मेला समेत सम्पन्न भएको छ ।

नेपालकै प्रख्यात धार्मिक स्थल गंगाजमुनामाईको रुपमा रहेको धार्मिक स्थल अब झरनाका कारण नेपालको प्रख्यात पर्यटकीय गन्तव्य बनेको संघीय साम्सद खेमप्रसाद लोहनीले बताउनुभएको छ ।

गंगाजमुना मेलाको अबसरमा गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा संघीय साम्सद लोहनीले यस क्षेत्रको विकासका लागि आगामी वर्षदेखि गंगाजमुना महोत्सवको रुपमा आयोजना गर्न सुझाव दिनुभएको छ ।

गंगाजमुना माइको मेलामा धादिङ, गोरखा, रसुवा, नुवाकोट, काठमाण्डौ, ललितपुर, मकवानपुर, चितवन, तनहुँ, लमजुङ, आदी स्थानबाट सहभागिहरु आएको

हिन्दु धर्म अनुसार हरिबोधनी एकादशीको अघिल्लो दिन (र्कािक शुक्ल दशमी) बेलुकादेखि मेला सुरु भई रातभर जागाराम बसि हरिबोधनी एकादशीको दिन बिहान झरनामा नुहाएपछि मेला सकिन्छ । झरनासंगै भएको कुकुरधारामा नुहाँउँदा कुकुर लगायत जनावरले टोकेको निको हुने विश्वास रहेको ७७ वर्षीय नेत्रप्रसाद अधिकारीले बताउनुभयो । करिब ३ सय मिटर अग्लो झरनाबाट वर्षको समयमा पानी ठूलो बहन्छ भने हिउँदमा सानो दुई ओटा झरनाबाट तल पानी झरिरहन्छ । झरनाको बिचभागमा व्रतालुहरु पूजा गर्छन भने राभर बत्तिबालेर भाकल पुरा गर्न जागाराम बस्छन् । यो कार्य दुई वर्षभन्दा पहिले हुँदै आएको बुढापाकाहरुको भनाइ छ ।

हिन्दु धर्म अनुसार मेला लाग्ने भएपनि यस मेलामा हिन्दु लगायत बौद्ध, क्रिश्चियन समेको सहभागिता रहेको छ ।

गाउँपालिकाले नै आयोजना गरेको मेलामा ५० हजारभन्दा बढीले मेला भरेका छन् । गाउँभरीका उत्पादन र परिकारहरु समेत मेला स्थलमा राखिएको र यसलाई नेपालको उत्किृष्ठ पर्यटकीय गन्ब्य बनाउन लागि परेको मेला आयोजक समितिका अध्यक्ष भक्तबहाुर लामिछानेले बताउनुभयो ।

नेपाल सरकारको पर्यटन वर्ष २०२० लाई सहयोग पुर्याउने हिसाबले नै हामीले यो कार्यक्रमको आयोजना गरेको र यसलाई काठमाण्डौबाट नजिकको गन्तब्यको रुपमा विकास गर्न पर्यटन बोर्डले समेत सहयोग गरेको थियो । यहि वर्षमात्र पर्यटन बोर्ड र गाउँपालिकाले एक करोड रुपैयाँ खर्च गरेर सिडी बनाउने, बत्ति राख्ने, विस्राम स्थल बनाउने, शौचालय निर्माण गर्ने लगायतको काम सकिएको र आगामी वर्ष अझै व्यवस्थित गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीले बताउनुभयो

प्रतिक्रिया दिनुहोस्