पत्रकार चौधरीमाथि हातपात



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीमा क्रियाशिल पत्रकार राज चौधरी माथी बिहिबार राती हातपात र दुव्यवहार भएको छ । बुद्ध सामुदायिक टेलिभिजनमा कार्यरत चौधरीले कार्यालयको काम सकेर बुटवलको प्रगतीनगर आफ्नो कोठमा जादै गर्दा जागरण चोक नजिकै हातपात र दुव्यवहार भएको हो ।
रिफे्रेस क्याफे नजिकै सडक छेउमा रहेका केहि युवाहरुले राती १२ बजेको समयमा चौधरीमाथी दुरव्यवहार गरेका हुन् । उनिहरु मध्ये केही युवाहरु सोहि क्याफेवाट निश्किएका थिए । गाली गलोच गर्दै चौधरीको मोवाईल र डायरी खोसेका हुन् । नगद र अन्यकागजात समेत लुट्ने प्रयास गरेका थिए ।

मिडियाको कार्ड देखाएपनि उनिहरुले उल्टै कार्ड नै खोसेको पत्रकार चौधरीको गुनासो छ । राती १२ बजको समयमा क्याफेवाट निश्किीएका युवाहरुले संचार संस्था र संचारकर्मीहरुलाई समेत गालीगलोच गरेका थिए । घटना भएको केहिपछि पुगेको प्रहरीले उल्टै उनिहरुकै कुरा सुनेको गुनासो पत्रकार चौधरीको रहेको छ ।

दुरब्यवहारमा परेका पत्रकार चौधरीले घटनामा सम्लग्नहरुलाई कानुनी कारवाहीको माग गरेका छन् । उनको शरिरका विभिन्न भागमा चोट लागेको छ । उनि बुटवलको शिवनगरमा भएको कार्यक्रम छायाकन गरि फर्किएका थिए । यस्तै उक्त घटनामा सम्लग्नहरुलाई कारवाही गर्न पत्रकारमाहसंघ रुपनदेही ,बुद्ध सामुदायिक टेलिभिजनले माग गरेका छन ।

महासंघका सचिव राम प्रसाद आचार्य र टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले अलग अलग विज्ञप्ति जारी गरी अपराधिक मनोबृत्तिका व्यक्तिहरुले पत्रकारको परिचय दिदा दिदै कुटपिट र दुरव्यवहार गर्नु गंभिर र आपत्तिजनक भएको उल्लेख गरेका छन् ।दोषिलाई तत्काल पहिचान गरि कानुनी कारवाहीको माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्