संवैधानिक प्रकृयाबाट भएपनि प्रदेश राजधानी छिट्टै तोकिन्छः मुख्यमन्त्री पौडेल



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

लामो समयसम्म प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न नसकेको भन्दै आलोचना सुरु भइरहेकाबेला प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने विषय संवैधानिक प्रक्रियामै अघि बढेको बताउनुभएको छ ।

शुक्रबार सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ७ स्थित सेतिदेवी शारदा माध्यमिक बिद्यालयको नवनिर्मित भवन उद्घाटनका लागि आउनुभएका मुख्यमन्त्री पौडेलले संचारकर्मीसँग कुरा गर्दै संविधानको भावना अनुरुप राजधानी तोकिने बताउनुभयो ।

प्रदेश सभाको दुईतिहाई सदस्यले स्थायी राजधानी र नामाकरण टुंगो लगाउने संवैधानिक प्रकृया भएपनि सकेसम्म सहमतिकै आधारमा जानखेज्दा ढिलाई भइरहेको प्रष्ट पार्नुभयो ।

सहमति भएन भने हेटौंडामै राजधानी रहन्छ त ? भन्ने संचारकर्मीका प्रश्नमा उहाँले भन्नुभयो, ‘सहमति भएन भने संवैधानिक प्रकृयामा जानैपर्छ, त्यसपछि कहाँ हुन्छ भन्न सकिन्न ।’

सहमति वा संवैधानिक प्रकृयामा गएर भएपनि छिट्टै स्थायी राजधानी तोकीने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्