सत्तारुढ दलकै बिद्यार्थीद्धारा सरकारको आलोचना



गणेश घिमिरे, इलाम ।
सत्तारुढ नेकपाका बिद्यार्थीले आफ्नै सरकारको आलोचना गरेका छन् । भारतले नेपालको सिमा मिच्दा समेत निरीह देखिएको भन्दै उनीहरुले सरकारको आलोचना गरेका हुन् ।

इलाम बजारमा शुक्रबार आयोजित भारत बिरोधि प्रदर्शनका क्रममा अनेरास्वबियूका बिद्यार्थीले सरकारले नेपालको लिपुलेक, लिपियाधुरा र कालापानी नयाँ नक्सा निकालेर भारत पट्टि पारेर हेपाहा प्रबृत्ति गरीरहँदा दुई तिहाईको सरकार निरीह भएर बस्नु लाचारीपन भएको अनेरास्वबियूका नगर इन्चार्ज सचिनजंग रायमाझिले बताउनुभयो ।

उहाँले मातृ पार्टी सत्तामा हुँदा पनि नागरीकप्रति यो चाहिँ हाम्रै हो भनेर बोलेर बोल्न नसक्नु यो सरकारको ठूलो कमजोरी हो ।

उहाँले इलामको सन्दकपुरमा रहेको नेपाली भूमिमा भारतले तारजाली लगाइरहँदा पनि सरकार चुप लागेर बसिरहेको छ ।

यस बिषयमा सरकारले बोल्नुपर्ने रायामाझिको भनाई छ । भारतको हेपाहा प्रबृत्ति बिरुद्ध बिद्यार्थी जस्तोसुकै कदम उठाउन पनि पछि नपर्ने जनाउँदै रायामाझिले सरकार पनि सचेत हुनु पर्नेमा जोड दिनुभयो ।

नेपालका भू भागलाई आफ्नो नक्साभित्र समावेश गर्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेको बिरोधमा यतिखेर देशभर बिरोध प्रदर्शन भइरहेको छ ।

अनेरास्वबियू नगर कमिटिले बिरोध ¥याली सहित प्रदर्शन गरेको हो । बिद्यार्थीले भारतीय हस्तक्षेपको विरुद्धमा प्रदर्शन गरेका हुन् ।

बिद्यार्थीले भारतीय हस्तक्षेप बन्द गर्न माग गरे । उनीहरुले भारतको थिचोमिचो सहेर नबस्ने चेतावनी दिए । पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरे ।

भारतले नेपालको भूभाग आफ्नो भएको दाबी सहित नयाँ नक्सा निकालेपछि सरकारले भारतको नयाँ नक्सालाई स्वीकार नगर्ने जनाएको छ । भारतीय नयाँ नक्साप्रति सामाजिक सञ्जालमा पनि बिरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्