साथीहरूको हत्या गर्ने दुई माझी पक्राउ



सोल, (एजेन्सी)।

आशंकित दुईजना उत्तर कोरियाली माझीले दक्षिण कोरियातर्फ भाग्नुअघि आफ्ना ैडुंगाका चालक दलका १६ जना सदस्यको हत्या गरेको आशंकामा दक्षिण कोरियाली सरकारले तिनीहरूलाई पक्रेर बिहीबार उत्तर कोरिया समक्ष सुपुर्दगी गरेको छ।

शनिबार दुई कोरियाबीचको जलीय सिमाना नाघेर दक्षिण कोरिया पुग्ने क्रममा तिनीहरू पक्राउ परेको सोलको सञ्चार माध्यमले जनाएको छ।

प्रायजसो उत्तर कोरियाबाट भागेर आफूकहाँ आउनेलाई दक्षिण कोरियाले राजनीतिक शरण दिने गरेको छ।

तर यस घटनामा भने ती दुई भगौडा पुरुषबाट मुलुकको सुरक्षामानै खतरा महसुश गरिएको सोलले जनाएको छ।

तिनीहरूलाई सामानय भगौडा भन्दा अपराधिको दर्जामा राखेर व्यवहार गरिएको र फिर्ता पठाइएको दक्षिण कोरियाली सरकारले स्पष्ट पारेको छ।

माछा मार्ने डुंगामा बसेर सीमा पार गरेका तिनीहरूलाई पक्राउ गर्न दक्षिण कोरियाली नौसेनालाई दुई दिन लागेको बताइएको छ। योनहाप समाचार नकियका अनुसार तिनीहरूले अर्को एकजनसँग मिलेर हत्या गरेको स्वीकारेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्