न्यूनतम पारिश्रमिकबारे छलफल



दोलखा, (नेस)।

न्यूनतम पारिश्रमिक निर्धारण समिति र सञ्चार रजिस्ट्रारको कार्यालय प्रदेश३ ले दोलखा सदरमुकाम चरिकोटमा ‘श्रमजीवी पत्रकार ऐन २०५१’ र ‘न्यूनतम पारिश्रमिक कार्यान्वयन, अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश र दोलखा शाखाको समन्वयमा भएको कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चार माध्यमलाई कारबाही गरिने बताउनुभयो।

कार्यक्रममा सञ्चार रजिस्टारको कार्यालय प्रदेश ३ का रजिस्टार रेवती सापकोटाले सञ्चार रजिस्टारको कार्यालयको अधिकार र हालसम्म गरेको कामको विवरण प्रस्तुत गर्नु भएको थियो।

नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, तामाकोशी गाउँपालिकाका प्रमुख ईश्वरचन्द्र पोखरेल, मेलुङ गाउँपालिकाका प्रमुख नरबहादुर श्रेष्ठलगायतले जिज्ञासा राख्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्