विद्याको उम्मेदवारीले भरतपोखरीबासी उत्साहित



नेपाल समाचारपत्र, पोखरा।

गामी मंसिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवार रहनुभएकी विद्या भट्टराईले आफ्नो निर्वाचन अभियान स्व. मन्त्री रविन्द्र अधिकारीको जन्मस्थान पोखरा महानगरपालिका ३३ भरतपोखरीबाट शुरू गनभएको छ।

रविन्द्रको निधनपछि निरास उक्त ठाउँका बासिन्दा विद्याको उम्मेदवारीसँगै उत्साहित बनेका छन्। आफ्नो चुनावी अभियान शुरू गर्न गृह स्थान पुग्नुभएकी विद्यालाई स्वागत गर्दै उक्त ठाउँका बासिन्दाले रविन्द्रको सपना पूरा गर्न र समग्र देशलाई समृद्धिको पथमा अगाडि बढाउन आग्रह गरेका थिए।

भेटघाट कार्यक्रममा निर्वाचनका प्रत्यासी भट्टराईले आवश्यकता र चाहनाका कारण अब आफू रविन्द्रको उत्तराधिकारी भएर निर्वाचनमा होमिएको भन्दै कास्की क्षेत्र नं. २ को भरोसा र विश्वासलाई कहिल्यै डगमगाउन नदिने भन्दै सम्पूर्ण जनसमुदायलाई शोकलाई शक्तिमा बदलेर निर्वाचनको अभियानमा सरिक हुन आग्रह गर्नुभयो।

भरतपोखरी रविन्द्रको जन्मस्थानका साथै नेपाली राजनीतिक इतिहासको एक महत्वपूर्ण कोशेढुंगा भएको हुँदा उक्त क्षेत्रका सबै बासिन्दाको समृद्धि आफ्नो मूलमन्त्र भएको बताउनुभयो।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य भिम कार्कीले पार्टीका क्षमतावान, बौद्धिक नेतृ, विद्या भट्टराईलाई उम्मेदवार बनाएको भन्दै आउने दिनमा उहाँको भूमिकाले क्षेत्र र जिल्लाको विकासमा महत्वपूर्ण स्थान राख्ने हुँदा विजयी गराउन आग्रह गरिन्।

उम्मेदवार कास्कीका संयोजक धनराज आचार्यले रविन्द्रको विरासत अगाडि बढाउन विद्याको महत्वपूर्ण भूमिका हुने कुरामा दोधार नरहेको भन्दै पार्टी र आम जनसमुदायलाई विश्वस्त हुन आग्रह गरे।

कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय नेता रश्मि आचार्यले नेपाली राजनीतिक इतिहासमा अव्वल र समृद्धिका सम्बाहक रविन्द्र अधिकारी जस्ता अनुकरणीय नेता भरतपोखरीले गरेको भन्दै भरतपोखरीको सामु फेरि आएको यो अवसरलाई भरपुर प्रयोग गर्न पछि पर्न नहुने बताउनुभयो।

नेकपा पोखरा महागरपालिका–३३ का अध्यक्ष गुरुप्रसाद क्रान्तिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सयौंका संख्यामा उपस्थित भरतपोखरीवासीले भट्टराईलाई निर्वाचनमा विजयी सुनिश्चित भएको भन्दै निर्वाचनमा उम्मेदवार पाउँदा हर्षित भएको प्रतिक्रिया दिएका थिए।

यस लगत्तै भट्टराईलै भरतपोखरी स्थितसहित तुलराज आचार्यको फोटोमा माल्यार्पणसहित निर्वाचन कार्यालय पुगी आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो। उहाँको प्रस्तावकमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा र समर्थकमा नेकपा नेतृ प्रभा कोइराला रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्