नगरपालिकामा मुख्य–मुख्य कर्मचारी नहुँदा सेवाग्राही मर्कामा



रामधन राई, खोटाङ।

खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाकामा प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारी नहुँदा सेवाग्राही मकामा परेका छन्।

संघीय सरकारले समयमै प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा गत साउनदेखि नगरवासी नागरिकले समयमा सेवा पाउन सकेका छैनन्।

कार्यरत प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईलाई काजमा गृह–मन्त्रालय तानेको संघीय सरकारले हालसम्म अर्को कर्मचारी नपठाएका कारण प्रभावकारी सेवा उपलब्ध गराउन नसकेको नगरप्रमुख इवन राईले बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृतको अभावमा नगरपालिकाको दैनिक कामकाज सञ्चालन, योजना सम्झौता, अनुगमनदेखि आर्थिक कारोबार ठप्प भएको छ। समयमै सेवा नपाउँदा जनता आक्रोशित बनेको नगरप्रमुख सुनाउनुहुन्छ।

स्थानीय सरकार गठन यता हलेसी तुवाचुङ नगरपालिकामा हालसम्म शिक्षा शाखाको दशौं तहको उप–सचिव, जनस्वास्थ्य अधिकृत, सिनियर डिभिजन इन्जिनियर, इन्जिनियर, आलेप सहायक, सहायकलगायतका महत्वपूर्ण शाखाका कर्मचारी पठाइएको छैन।

सिनियर डिभिजन इन्जिनियर र इन्जिनियर नहुँदा नगरपालिकाको भौतिक विकास निर्माण सम्बन्धी काम गर्न करारमा चार जना इन्जियिर राखिएको नगरप्रमुख राईको भनाइ छ।

शिक्षा शाखाको अधिकृत नपठाउँदा ८८ सामुदायिक विद्यालयको कामकाज प्रभावकारी बन्न सकेको छैन। नगरपालिकामा हाल १४ जना कर्मचारीको पद रिक्त रहेको छ।

प्रतिक्रिया दिनुहोस्