ठूलो परिमाणमा काठ बरामद



भद्रपुर, (नेस) । झापा प्रहरीले कनकाई माइ खोलाबाट बगाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा ठुलो परिमाणमा साखु जातको काठको गोलिया बरामद गरेको छ।

शिवसताक्षी नगरपालिका–१० दोमुखाबाट इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले बुधबार दिउँसो २०२.९१ क्युफिट काँचो सखुवाको गोलिया बरामद गरेको हो।

बरामद गरिएको काठ शिवसताक्षी नगरमा हालसम्मकै ठूलो परिमाणको हो। प्रहरीले उक्त गोलियासँगै तस्कर पक्राउ गर्ने योजना बनाएको भएपनि त्यो सफल हुन सकेन।

घटनाअनुसार दोमुखास्थित कनकाई नदीको पश्चिम तटमा स्थानीयले एकाबिहानै बेवारिसे गोलिया देखेका थिए।

प्रतिक्रिया दिनुहोस्