दुर्गन्धित अवस्थाका युवकको उद्धार



हेटौंडा, (नेस)।

सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश निर्माण अभियानअन्तर्गत सामाजिक विकास मन्त्रालय प्रदेश–३ र मानवसेवा आश्रम, हेटौंडा उपमहानगरपालिका–२ का अध्यक्ष हरि राउत, मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलगायतको सहकार्यमा एक जना सडक युवकको उद्धार गरिएको छ।

हेटौंडा–२, मकवानपुर क्याम्पस गेटको पेटीमा केही दिनदेखि बेसहारा र कपडामा नै दिसा पिसाब गरेर दुर्गन्धित अवस्थामा अत्यन्त दयनीय र अलपत्र अवस्थामा जीवन व्यतीत गरिरहेका एक सडक युवकको उद्धार गरिएको हो।

मानसिक सन्तुलन ठिक नभएका झट्ट हेर्दा भारतीयमूलका जस्ता देखिने करिब २५ वर्षका आफ्नो नाम सञ्जितकुमार बताउने सडक युवाको उद्धार गरी मानवसेवा आश्रम हेटौंडा लगिएको हो।

प्रतिक्रिया दिनुहोस्