व्यवसायी तथा पूर्वमन्त्री रुप ज्योति विमानस्थलबाट पक्राउ



न्यज अफ नेपाल, काठमाडौं ।

व्यवसायी तथा पूर्व अर्थ सहायकमन्त्री रुप ज्योति विमानस्थलबाट पक्राउ परेका छन् । बिहीबार साँझ महानगरीय प्रहरी परिसरको टोलीले उनलाई ठगी आरोपमा पक्राउ पक्राउ गरेको हो ।

हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी मुद्दामा रूप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा अनुमति दिएको थियो ।

शाही शासनका बेला अर्थराज्यमन्त्री पनि बनेका ज्योतिले जग्गा र हाउजिङमा बनेको घर दिने भन्दै पैसा लिएर ठगी गरेको आरोपसहित विज्ञेन्द्रकृष्ण मल्ललगायतले उजुरी दिएका थिए । ज्योति ग्रुपका प्रमुख रुप ज्योति एक वर्षदेखि प्रहरीको फरार सूचीमा थिए ।

उनी त्यसविरुद्ध सोही वर्ष मंसिर २४ मा सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए । त्यसको एक वर्षपछि मंगलबार सर्वोच्चले ज्योतिको विपक्षमा फैसला सुनाएको थियो ।

उनलाई ठगी मुद्दामा प्रहरीले खोजी गरिरहेको थियो । ज्योतिले जग्गा दिन्छु भनेर पैसा उठाउँदै ठगी गरेको भन्दै मुद्दा परेपछि उनलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले प्रहरी परिचालन गरेको थियो ।

सर्वोच्चको उक्त फैसलासँगै प्रहरीलाई ज्योति पक्राउ गर्न बाटो खुलेको थियो । प्रहरीका अनुसार व्यवसायी ज्योतिलाई सिल्क एयरबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्