भलिबल टोलीको बिदाइ



नेपाल समाचारपत्र, काठमाडौं।

बंगलादेशको राजधानी ढाकामा आयोजना हुने प्रथम एसियन सेन्ट्रल जोन च्याम्पियनसिप खेल्न जाने नेपाली महिला भलिबल टिमको बिदाइ गरिएको छ।

राजधानीमा बुधबार नेपाल भलिबल संघले एक कार्यक्रमका बीच नेपाली महिला टिमलाई बिदाइ गरेको हो। सेन्ट्रल जोन शनिबारदेखि शुरूहुँदै छ।

उक्त प्रतियोगितामा नेपालसहित घरेलु टोली बंगलादेश, माल्दिभ्स, अफगानस्तान र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन्। पहिलो पटक कप्तान बनेकी अरूणा शाहीको टोली बिहीबार ढाका प्रस्थान गर्नेछ।

नेपालले पहिलो खेल माल्दिभ्ससँग आइतबार खेल्नेछ। दोस्रो खेलमा नेपालको प्रतिद्वन्द्वी अफगानिस्तान रहेको छ। यो खेल सोमबार तारिखमा हुनेछ।

यस्तै तेस्रो खेलमा नेपालले उपाधिको दावेदार टिम किर्गिस्तानको सामना गर्नेछ। यो खेल मंगलबार १२ नोभेम्बरमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्