वडा ७ विजयी



नेपाल समाचारपत्र, काठमाडौं।

नागर्जुन नगरपालिका वडा ७ को ‘बी’ टिमले प्रथम मेयर कप फुटबल प्रतियोगितामा बुधबार जित हात पारेको छ। हसन्टार फुटबल मैदानमा भएको खेलमा वडा ७ ‘बी’ ले वडा ९ ‘ए’ लाई ४–२ गोलले पराजित गर्यो।

विजेताका विशाल घलेले २ तथा सलिल घले र नवीन लामाले १–१ गोल गरे। नवीन ‘म्यान अफ द म्याच’ चुनिए। युथ हसन्टार क्लबद्वारा आयोजित प्रतियोगिताको अर्को खेलमा वडा १० ले वडा २ बाट वाक ओभर पायो।

प्रतिक्रिया दिनुहोस्