जेनिश र सुष्मा उत्कृष्ट खेलाडी



नेपाल समाचारपत्र, काठमाडौं।

पहिलो यू–१९ राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा पोखराका पुरुषतर्फ जेनिश गुरुङ र महिलातर्फ नक्सालकी सुष्मा तामाङ उत्कृष्ट खेलाडी घोषित भएका छन्।

प्रतियोगिताको पुरुषतर्फ ४९ केजीमा रबन ओलीले दाङका सुरज ओली, ५२ केजीमा कास्कीका सुरज गुरुङले दाङका रोहन मलिक, ५६ केजीमा पोखराका जेनिश गुरुङले पाल्पाका ज्ञानेन्द्र कमामू, ६० केजीमा दाङका अनिलकुमार पुन मगरले बाँकेका इन्द्रबहादुर सुनुवार, ६४ केजीमा कैलालीका सम्राट चौधरीले झापाका तोविन प्रधान, ६९ केजीमा कास्कीका निरज थापाले बक्समान्डुका मनिष भुजेल र ७५ केजीमा मकवानपुरका निश्चल विष्टले नक्सालका सम्पन्न तण्डुकारलाई फाइनलमा पराजित गरी स्वर्ण जिते।

ललितपुर जिल्ला बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको महिला ४६–४८ केजीमा नक्सालकी सुष्मा तामाङले बीएफसीकी रमिसा श्रेष्ठ, ४८–५२ केजीमा झापाकी नरिका राईले दमककी अनिशा कुमाल, ५१–५४ केजीमा एपीएफकी सन्जुमाया थिङले बीएफसीकी सुमिना खड्का, ५४–५७ केजीमा झापाकी सुस्मिता राईले नक्सालकी मुस्कान डंगोल, ५७–६० केजीमा बक्समान्डुकी डेछेन शेर्पाले पोखराकी अस्मिता बस्नेत तथा ६०–६४ केजीमा झापाकी तृषना जबेगुले बक्समान्डुकी हेमा राईलाई हराउँदै पहिलो भए।

प्रतिक्रिया दिनुहोस्