धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्न समिति



नेपाल समाचारपत्र, काठमाडौं।

सरकारले रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्नका लागि तीन सदस्यीय छनोट समिति गठन गरेको छ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।

समिति सदस्यमा राजस्व सचिव शिशिर ढुंगाना र नेपाल चाटर्ड एकाउटेन्ट एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद आचार्य रहेका छन्।

छनोट समितिले बोर्डको अध्यक्ष बन्न इच्छुकलाई सार्वजनिक आवेदन आह्वान गर्नेछ। इच्छुक उम्मेवारसँग समितिले अन्तर्वार्ता र प्रस्तुतिका आधारमा तीन जनाको नाम सरकारलाई सिफारिस गर्ने छ।

समितिले सिफारिस गरेको नामलाई अर्थमन्त्रीले मन्त्रिपरिषद्मा लैजाने र मन्त्रिपरिषद्ले एक जनालाई निर्णय गर्नेछ। बोर्ड अध्यक्ष डा. रेवतबहादुर कार्कीको चार वर्षे कार्यकाल असोज मसान्तमा सकिएपछि बोर्डको अध्यक्ष पद खाली छ।

प्रतिक्रिया दिनुहोस्