प्रस्ताव स्वीकार



मनिला, (एजेन्सी)।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टोको लागूऔषध विरुद्धको अभियानको स्पष्ट रूपमा विरोध गर्दै आएका व्यक्तिले अन्ततः उनको अभियानमा सहयोेगका लागि गरिएको प्रस्ताव स्वीकार गरेकी छिन्।

उपराष्ट्रपति लेनी राव्रडोले अब यस अभियानका लागि गठित सरकारी समितिको उपाध्यक्षको भूमिका निभाउने भएकी छिन्।

बुधबार उनले आफूले निर्दोष व्यक्तिहरुको हत्या रोक्न चाहेको तथा प्रताडना दिने अधिकारीहरुलाई कारबाहीको दायरामा ल्याउन चाहेको बताएकी छिन्।

सन् २०१६ देखि शुरु भएको यस विवादास्पद प्रहरी कारबाहीमा लागूऔषध कारोबारीको आशंकामा हजारौं व्यक्ति मारिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्