९ अर्बको माग



इस्लामावाद, (एजेन्सी)।

पाकिस्तानले चीन पाकिस्तान इकोनोमिक कोरिडोर (सीपीईसी) परियोजनाको काम अगाडि बढाउन चीनसँग ९ अर्ब डलर माग गरेको छ।

नवौं सयुक्त कमिटीको बैठकमा ग्वादर स्मार्ट सिटी मास्टर प्लानलाई अनुमोदन गरिएको पाकिस्तानी सञ्चार गृह डनले जनाएको छ।

दुबै देशका प्रतिनिधिहरुले स्वास्थ्य तथा व्यापारमा एमओयूमा हस्ताक्षर गरेका छन्। यसबीच ३ सय ९२ किलोमिटर लामो मुल्तान–सुक्कुर सडको पनि उद्घाटन गरिएको छ।

उक्त बैठकमा इरान र अफगानिस्तानसँग जोडिएको पाकिस्तानको सीमामा बार लगाउने काम सन् २०२० सम्ममा पुरा गर्ने सहमति भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्