तेल भण्डार प्राप्त



अबुधाबी, (एजेन्सी)।

युनाइटेड अरब इमिरेट्सको राजधानी अबुधाबीमा हाइड्रोकार्बनको नयाँ भन्डार पत्ता लागेको छ। उक्त इलाकामा करिब ७ अर्ब ब्यारेल कच्चा तेल र ५८ ट्रिलियन क्युबिक फिट ग्यासको भण्डार रहेको खलिज टाइम्स अखबारले जनाएको छ।

यो तेल भण्डार पत्ता लागेपछि विश्वमा ग्यास तथा तेल भण्डारको मामिलामा यूएई छैठौं स्थानमा पुगेको छ।

सोमबार घोषणा गरिएको नयाँ भण्डार पत्ता लागेपछि देशको कच्चा तेल भण्डार अब १ सय ५ अर्ब ब्यारेल तथा परम्परागत ग्यासको भण्डार २ सय ७३ ट्रिलियन क्युबिक फिट भएको छ।

विश्वको तेस्रो ठुलो तेल उत्पादक राष्ट्र यूएईले दैनिक ३० लाख ब्यारेल तेल उत्पादन गर्छ।

प्रतिक्रिया दिनुहोस्