थाइ सुरक्षा चौकीमा भीषण हमला



बैंकक, (एजेन्सी)।

आशंकित पृथकतावादीहरुले मंगलबार राति थाइल्यान्डको दक्षिणी भागमा आक्रमण गरी कम्तिमा पन्ध्रजना मानिसको ज्यान लिनुका साथै अन्य चारजना घाइते भएको प्रहरीले जनाएको छ। यसलाई पछिल्ला वर्षहरुमा भएका सबैभन्दा खतरनाक आक्रमणमध्ये एक मानिएको छ।

याला प्रन्तको सुरक्षा जाँच चौकीमा भएके यस आक्रमणमा मारिनेहरुमा प्रहरी अधिकारीसमेत रहेको बताइएको छ। विस्फोटक पदार्थले आक्रमण गरेर भाग्ने क्रममा तिनीहरुले आफूलाई लखेटनेलाई अवरोध सिर्जना गर्ने उद्देश्यले बाटाभरि किल्ला फ्याकेका थिए।

सन् द्द००४ देखि सो क्षेत्रमा पृथकतावादी आन्दोलन शुरु भएयता दक्षिणी थाइल्यान्डमा हजारौं व्यक्तिले ज्यान गुमाइसकेका छन्।

प्रायसः हिंसात्मक आक्रमण हुने तीनवटा प्रमुख प्रान्तमध्ये याला एक रहेको छ। ती पृथकतावादी लडाकूहरुको ग्रामीण रक्षा स्वंयम्सेवकहरुको पनि ज्यान लिने उद्देश्य रहेको बुझिएको छ।

सर्वसाधारणलाई नै हातहतियार चलाउने तालिम दिएर सरकारले स्वयम्सेवकको रुपमा तयार पार्ने गरेको छ। बीबीसीको थाइ सेवाका अनुसार घाइतेमध्ये केहीको अवस्था निकै चिन्ताजनक रहेकाले मृत्को संख्या बढ्ने सम्भावना रहेको छ।

क्षेत्रीय सुरक्षा प्रवक्ता कर्णेल प्रामोते प्रोम–इनले यो आक्रमण कसले गरे भन्नेबारे अझै ठोस सबुत प्राप्त भइनसकेको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्