चीन समर्थित विधायकमाथि छुरा प्रहार



हङकङ, (एजेन्सी)।

हङकङको सडकमा बुधबार एकजना चीन समर्थित विधायकमाथि उनकै ेसमर्थकको भेषमा आएका एक व्यक्तिले छुरा प्रहार गरेका छन्।

अनलाइनमा पोस्ट गरिएको फुटेजमा फूल लिएर आएका एक व्यक्ति विधायक जुनियस हो सामु आइपुगेको र आफूले तस्वीर खिच्न चाहेको भन्दै आफूले बोकेको झोलाबाट छुरा निकालेर आक्रमण गरेको देखिन्छ।

त्यसपछि आक्रमणकारीलाई हो लगायत अन्य दुईजनाले भुँइमा पछारेका थिए। हङकङमा भइरहेको शृंखलाबाट हिंसात्मक प्रदर्शनको क्रममा छुरा प्रहार पछिल्लो हिंसात्मक घटनाको उदाहरण भएको प्रहरीले जनाएको छ।

गत जुलाईमा प्रजातन्त्रबहालीका लागि प्रदर्शनरतहरुले युयेन लोंग स्टेसनमा सर्वसाधारणमाथि आक्रमणको योजनामा होले सहयोग गरेको आरोप लगाएका थिए।

त्यसबेला अपराधिक गिरोहका सदस्य बताइएका सेतो कमिज लगाएका मुकुन्डोधारीहरुले प्रजातन्त्रवादी प्रदर्शनकारी र बटुवाहरुमाथि जथाभावी तरिकाले आक्रमण गरेका थिए।

सो आक्रमणको घटनापछि हाले ती मुकुन्डोधारीहरुले देश र जनताको रक्षा गरिरहेको तथा घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए।

तर होलाई आक्रमणकारीहरुलाई हेरेर बुढीआंैला ठड्याउँदै र हात मलिाउँदै गरेको देखिएको थियो।
यसै महिनाको उत्तराद्र्धमा आयोजना हुन लागेको हङकङको चुनावका लागि प्रचारप्रसारमा लागिरहेका बेला होमाथि आक्रमण भएको हो।

निलो कमिज र वेसबल क्याप लगाएका आक्रमणकारीले छुरा प्रहार गर्नुअघि होलाई भनेका थिए – ‘तिम्रा प्रयासहरु सबेैले देखिसकेका छन्।’

सन् २०१७ मा पनि सरकार विरोधी प्रदर्शनकारीलाई मारिनु पर्ने अभिव्यक्ति दिएको भन्दै होको व्यापक विरोध भएको थियो।

युयेन लाङ आक्रमणमा सघाएको आरोप लगाउँदै यसअघि पनि उनको कार्यालयमा आक्रमण हुनाका साथै उनका अभिभावकका समाधि तोडफोड गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्