आईएसको अझै विश्वव्यापी खतरा बाँकी



वासिंगटन, (एजेन्सी)।

कट्टरपन्थी इस्लामिक संगठन इस्लामिक स्टेट (आईएसआईएस)का नेता अबु बकर अल बगदादी मारिएपछि पनि यसको खतरा समाप्त नभएको अमेरिकाले जनाएको छ। उक्त कट्टरपन्थी संगठनले विश्वभरी आफ्नो प्रभाव विस्तार गरिसकेको छ।

अहिलेसम्म विश्वमा आईएसका २० साखा खुली सकेको अमेरिकाले जनाएको छ। दक्षिण एसियामा सक्रिय एक साखाले गत वर्ष भारतमा आत्मघाती हमलाको प्रयास गरेको एक वरिष्ठ अमेरिकी अधिकारीले आप्mना सांसदहरुलाई जानकारी दिए।

अमेरिकाका नेसनल एन्टी टेरर सेन्टरका कार्यकारी निर्देशक रसेल टे«वर्सले अमेरिकी सांसदहरुलाई भने– ‘आईएसआईएसका खुरासान ग्रुप अर्थात आईएसआईएस–के ले गत वर्ष भारतमा आत्मघाती हमला गर्ने प्रयास गरेको थियो।’

आईएसका सबै समूहमा आईएसआईएस–के अमेरिकाका लागि सबैभन्दा ठुलो चिन्ताको विषय बनेको छ। यसले आतंककारी समूहको प्रोपोगान्डा फैलाइरहेको छ। आईएसका नयाँ नेतासँगको आफ्नो सम्बन्ध पनि सार्वजनिक गरिसकेको छ।

अमेरिकी सिनेटर मेगी हसनको प्रश्नको जवाफमा टे«वर्सले उक्त जानकारी दिएको हो। दक्षिण एसियामा आतंककारी हमला गर्ने आईएसआईएस–केको क्षमताका बारेमा सोधिएको प्रश्नको जवाफमा ट्रेवर्सले भने, ‘उनीहरुले निश्चित रूपमा अफगानिस्तान बाहिर हमला गर्ने प्रयास गरेका छन्।

उनीहरुले गत वर्ष भारतमा पनि आत्मघाती हमला गर्ने षड्यन्त्र रचेको थियो तर उनीहरु असफल रहे। हसन गत महिना पाकिस्तान र अफगानिस्तान पनि गएका थिए। यस यात्राका क्रममा उनले आईएसआईएस–केका तर्फबाट बढ्दो खतराका बारेमा अमेरिकी सेनाले दिएको जानकारी हासिल गरेका थिए।

यो उपसमूह अफगानिस्तानमा अमेरिकी सेनालाई मात्र नभएर अमेरिकको भूमिमा पनि हमला गर्न सक्ने खतरा रहेको हसनले बताए। विश्वमा आईएसको २० साखा भइसकेको र केही त आधुनिक प्रविधिबाट समेत लेस रहेको उनले बताए। केही समूहसँग ड्रोन कारवाहीको क्षमतासमेत भएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्