१८ महिला सासंदद्वारा आगामी चुनाव नलड्ने घोषणा



लन्डन, (एजेन्सी)।

बेलायतका १८ महिला सांसदले आगामी महिना हुने आम चुनावमा नउठ्ने फैसला गरेका छन्।
लामो समयदेखि जारी दुव्र्यवहार र धम्कीका कारण आफ्नो सिट छोड्ने निर्णय लिइएको उनीहरुले बताएका छन्।

आफ्ना क्षेत्रका मतदाताहरुलाई लेखेका पत्रमा ती सांसदहरुले उक्त कुरा उल्लेख गरेका हुन्।बेलायतको सत्तारुढ कन्जरभेटिव पार्टीका सांसद हेइडी एलेनअनुसार यो दुरव्यवहार पुरै अमानवीय बनिसकेको छ। त्यसैले आमचुनावमा भाग लिन नसक्ने उनले बताइन्।

एलेनले भने– ‘म आप्mनो निजी जीवनमा कसैको हस्तक्षेप, दुर्भावना र धम्कीबाट दिक्क भइसकेकी छु। यो आमजीवनको हिस्सा बनिसकेको छ।

कसैले पनि आफ्नो काममा धम्की, तर्साउने इमेल, अपशब्द झेल्नुपर्ने हुनुहुँदैन। घरमा पनि उनीहरु कुनै कुराबाट सचेत हुनुपर्ने जरुरी छैन।

बेलायतमा अहिलेसम्म करिब ५० सांसद चुनावबाट टाढा रहने फैसला लिइसकेका छन्। अमेरिकी अखबार ‘द टाइम्स‘का अनुसार १८ महिला सांसदले चुनाव नलडने फैसलामा महिला अधिकारका लागि काम गर्ने कार्यकर्ताहरुले चिन्ता व्यक्त गरेका छन्।

एलेनबाहेक कन्जरर्भेटिव पार्टीका सांसद क्यारोलिन स्पेलम्यानले ‘द टाइम्स अफ लन्डन’ अखबारको विचार पृष्ठमा स्तम्भ लेखेकी छन्– ‘महिला सांसदसँग अनलाइन दुरव्यवहारमा लिंगभेदी कुराको प्रयोग हुने गरेको छ।

यसमा हामीलाई दुष्कर्मको धम्की पनि दिने गरिएको छ। त्यसैले यसमा कुनै आश्चर्य हुनुपर्ने कुरा छैन कि यति धेरै महिला सांसदले एक साथ चुनाव नलडने फैसला लिइयो।

यसै वर्ष सेप्टेम्बरमा सांसदमा ब्रेक्जिट सहमतिको बहसका क्रममा महिला सांसद पाउला सेरिफले सामाजिक सञ्जालमा बोरिस जोनसनका बयानको प्रयोग ट्रोलका लागि हुने गरेको आरोप लगाएकी थिइन्।

यसलाई लिएर जोनसनले ती महिला सांसदमाथि चिच्याउँदै आफ्नो जीवनमा त्यसको ‘बकवास’ कहिल्यै नसुनेको बताएका थिए।

यस प्रकारको व्यवहारलाई लिएर बेलायतमा प्रधानमन्त्रीको व्यापक विरोध भयो। यद्यपि जोनसनले आफ्नो स्पष्टिकरणमा उनको भनाइलाई गलत ढंगले बुझेको बताए।

 

प्रतिक्रिया दिनुहोस्